ठाकुरबाबा नगरपालिकामा महामारी रोगझै फैलिदै भ्रष्टाचार,घासको बीउ वितरणमै पक्षपात

0 784

बर्दिया। लुम्बिनी प्रदेशको बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिकामा किसानलाई निशुल्क उपलब्ध गराउन पर्ने घासको बिउमा जनप्रतिनिधि र कर्मचारीले नितिगत भ्रष्टाचार गरेका छन ।स्थानीय तहको भ्रष्टाचार अराजक ढंगले वृद्धि हुँदै गएको छ।

वास्तविक किसानलाई भ्रममा पारी दिनको ठिक ११ बजे घासको बीउ वितरण गरिने सुचना दिई पक्षपात गरी १० बजे नै किसान भनिनेहरूलाई वितरण गरेको जनगुनासो रहेको छ ।

ठाकुरबाबा नगरपालिकामा घुस लिने–दिने, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने, सार्वजनिक निर्माण वा खरिदमा अनियमितता गर्ने, झुटा विवरण पेस गर्ने, गलत लिखत वा प्रतिवेदन दिने, कागजात सच्याउने वा नोक्सान गर्ने, गैरकानुनी सम्पत्ति आर्जन गर्ने, राजस्व चुहावट गर्नेजस्ता भ्रष्टाचारका प्रवृत्ति अधिक रहेको स्थानीयको गुनासो छ।

स्थानीय तहमा भ्रष्टाचारले जरो गाडेको पछिल्ला गतिविधिले देखाएको छ। नागरिकका काममा ढिलाइ गरी, सार्वजनिक सम्पत्ति दुरुपयोग र कर्मचारीद्वारा अधिकारको दुरुपयोग गरी भ्रष्टाचार भईरहेको पाईएको छ ।

साथै योजना निर्माणदेखि कार्यान्वयन तहसम्म पुग्दा कर्मचारी पदाधिकारीको मिलेमतोमा सबैभन्दा बढी भ्रष्टाचार भएको पाइएको छ।भ्रष्टाचार र अनियमिततामा राजनीतिक संरक्षण हुनु चुनौतीकाे विषय भएको छ।

महामारी रोगका रूपमा फैलिने भ्रष्टाचारको प्रभाव निजी स्वामित्व, अराजक समाज,वर्गीय समाज ,अविकसित र कमजोर समाज रहिरहेसम्म वा सभ्य समाजको निर्माण नभए सम्म रहिरहने देखिन्छ ।

नेपालमा पछिल्लो समय भ्रष्टाचारको प्रवृत्ति माथिल्लो तहका राजनीतिक वा प्रशासनिक नेतृत्वलगायत तल्लो तहका राजनीतिक कार्यकर्ता, कर्मचारीसम्म भएको पाइएको छ।

You might also like
Loading...