२१ संगठनले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सरकारलाई दवाव दिने शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप

अविलम्ब रिहाई गर्न माग

0 250

बर्दिया । २१ राजनीतिक संगठनहरुको कार्यगत एकताव्दारा आज काठमाडौंको माइतीघर मण्डलामा शांन्तिपूर्ण कार्यक्रम आयोजना गरिएकोमा प्रहरीद्धारा उक्त कार्यक्रममा हस्तक्षेप गरी नर बहादुर कार्कीलाई गिरफ्तार गरेको छ ।

शान्तिपूर्ण रुपमा सम्पन्न भएको कार्यक्रममा गरिएको यो गिरफ्तारीको घोर भत्र्सना गर्दै उक्त कार्यक्रममा सहभागि नर बहादुर कार्कीलाई अविलम्ब रिहाई गर्न सरकार सँग जोडदार माग गर्दै सी पी गजुरेलद्धारा वक्तव्य प्रकाशित गर्नु भएको छ ।
वक्तव्यको पूर्ण पाठ तल दिइएकोछ ः
गिरफ्तारीको विरोध र रिहाईको माग
कोभिड १९ का विरामीहरुको निःशुल्क उपचार सम्वन्धी विषयमा विद्यमान संविधानव्दारा प्रदत्त अधिकारलाई समेत हरण गर्ने गरी सरकारले उपचार खर्च नदिने निर्णय गरेकोमा त्यसलाई फिर्ता लिन दवाव सिर्जनागर्नका लागि २१ राजनीतिक संगठनहरुको कार्यगत एकताव्दारा आज काठमाडौंको माइतीघर मण्डलामा शांतिपूर्ण कार्यक्रम आयोजना गरिएको थियो ।

२१ संगठन मध्येको एउटा घटक, राष्ट्रिय जागरण मंचका तर्फबाट उक्त कार्यक्रममा सहभागि हुनु भएका नर बहादुर कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ । शान्तिपूर्ण रुपमा सम्पन्न भएको कार्यक्रममा गरिएको यो गिरफ्तारीको हामी घोर भत्र्सना गर्दछौं र उक्त कार्यक्रममा सहभागि नर बहादुर कार्र्कीलाई अविलम्ब रिहाई गर्न सरकारसँग जोडदार माग गर्दछौं ।

You might also like
Loading...