निम्न आयस्रोत हुनेका लागि दशै कि दशा ?

शासकलाई दशै भत्तामा मस्ति,जनतामा कोरोनाकाे सास्ती

0 434

बर्दिया । दशै दलाल  पुजीपती,शासक र राज्यको लागि हो, गरिव,निम्न वर्गका आम नागरिकका लागि दशा हो । यस बर्ष त विश्व नै कोरोना भाईरसबाट आर्थिक रुपमा थिलो थिलो भएको अवस्थामा राज्यमा महंगीले नेपाली नागरिकको ढाड सेकेको छ । दशैं सामान्य आर्थिक अबस्था भएका परिवारको लागि दशा सरह हो । झनै दुई छाक हातमुख जोर्न हम्मेहम्मे हुने निम्न आर्थिक अबस्था भएकाको लागि त कुरै नगरौं ।

पछिल्लो समयमा दशैं धनि र हुनेखानेको मात्र हो कि भन्ने महशुस भइरहको छ । हिन्दु परम्परा अनुसार आज हुने खानेका घरमा खुसीका साथै फुलपाति भित्र्याउने कार्य भइरहेको छ भने निम्न आयस्रोत भएका मानिसले बडो दुखका साथ दशैको नाममा आफ्नो घरमा दशा भित्र्याउन लागेको भान भएको छ ।

शासकहरु सासंद कोष र दशै भत्तामा मस्ति गरिरहेका छन भने वर्षेनी दशैंमा महंगी बढ्ने परम्पराले यसपालि पनि निरन्तरता दिएर जनताले शास्ती खेपिरहेका छन । जब दशैं शुरु हुन्छ, तब गरिबको दशाले घरजम गर्छ ।

धेरै परिवारका अभिभाबकहरूलाई छोराछोरिदेखि श्रीमतिको कचकचले दशैं नआईदिए ठिक हुन्थ्योझैं लाग्छ । तर, के गर्ने नेपाली समाजमा दशै रोगले जरा गाडेको छ । त्यसैले सामान्य तथा निम्न परिवारको लागि दशैं दशा कै रुपमा सावित भएको छ ।

भड्किलो र देखासिखीका कारणले दशैं दशा भएको बिभिन्न जानकार बताउँछन । तर, दशैं वा चाडबाड, धर्म, संस्कार र संस्कृति कसैको दशा नबनोस् ।

You might also like
Loading...