क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्षलाई कोरोना संक्रमण

पत्रकार दम्पतीको छिट्टै संचारकर्ममा फर्किने आत्मविश्वास

0 280

नवलपरासी । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक समेत रहनुभएका पत्रकार रवि पाण्डेय र उहाँकी धर्मपत्नी एंव पत्रकार लक्ष्मी घिमिरेलाई कोरोना संक्रमण भएको छ ।

पश्चिम नवलपरासी बर्दघाट–४ शान्तिनगरस्थित आवास सहितको कार्यालयमा उहाँहरु श्रीमान श्रीमति दुवै जना होम आइसोलेशनमा हुनुहुन्छ ।

जिल्लाकैै पहिलो दैनिक पत्रिका बर्दघाट पोष्ट दैनिक , स्थानीय पत्र साप्ताहिक र स्थानीयपत्र डटकम अनलाइन संचालन गर्दै आउनुभएका पत्रकार पाण्डेय ती प्रकाशनहरुको प्रबन्ध निर्देशक र घिमिरे ब्यवस्थापकका रुपमा क्रियाशिल हुनुहुन्छ ।

‘असोज ३० गतेबाट अलि संन्चो नभएको महसुस भयो, स्वास्थ्यकर्मीको सल्लाह बमोजिम सामान्य रुघाखोकीको औषधि प्रयोग गरियो , तर पनि थप सर्तकता सहित संचारकर्ममा गरिरह्यौ ’ – पत्रकार पाण्डेयले भन्नुभयो– ‘ औषधिले मेरो ज्वरो भने रोकियो तर ज्यान दुख्न भने छोडेन त्यसपछि कार्तिक ३ गते स्थानीय ल्याबमा रगत परिक्षण गर्दा टाइफाइड देखियो ।

टाईफाईडको औषधिबाट निको भएन ’ टाइफाइडको औषधि प्रयोग गरिरहदाँ कार्तिक ४ गते पिसिआर परिक्षणका लागि स्वाव दिएर आइसोलेशनमा बसेको उहाँले बताउनुभयो । स्वाव परिक्षणबाट मेरो पोजेटिभ परिणाम आयो’ – उहाँले सुनाउनुभयो ।

You might also like
Loading...