विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता नेकपा क्रान्तिकारी माअोवादीमा प्रवेश

0 485

बर्दिया । बर्दियामा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता नेकपा क्रान्तिकारी माअोवादीमा प्रवेश गरेका छन् ।                                                                                             बारबर्दिया नगरपालिकाको नगर कमिटीले विहिवार राखेको पार्टी प्रवेश कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन ।

नव प्रवेशी नेता कार्यकर्तालाई पार्टीका पिविएम तथा बाँके बर्दिया इन्चार्ज भुपेन्द्र न्यौपानेले देश र जनताको नाममा सपथ ग्रहण गराई पार्टी प्रवेश गराएका छन ।

बर्दिया जिल्लामा प्रत्येक स्थानीय तहसम्म तिव्ररुपमा संगठन विस्तार भइरहेको पार्टीका जिल्ला सचिव विपिन रोकायले जानकारी दिएका छन।

उनले पार्टीको ध्यान संगठन विस्तारसँगै राजनीतिक र सैद्धान्तिक रुपमा देशभर प्रशिक्षण अभियान सञ्चालन भइरहेको बताए ।

ध्रुवीकरणको प्रक्रियाबाट आज खैरेनी र ढकेलामा अनेम संघ (क्रान्तिकारी ) ,पार्टीको सेल कमिटी र अनेकिम संघ (क्रान्तिकारी ) लगाएतका संगठनको निर्माण भएको छ ।

अनेम संघ (क्रान्तिकारी ) को खैरेनीमा पाँच सदस्यीय इकाई समिति गठन जसमा अध्यक्ष भोब कुमारी ढकाल,सचिव गिता कुमारी हमाल,कोषाध्यक्ष सीता आचार्य ,सदस्य कान्छी हमाल ,सदस्य भुमिसरा शाही रहनु भएको छ ।

ढकेलामा पार्टीको ५ सदस्यीय सेल कमिटी गठन जसमा सचिव अटल,सदस्यमा विगुल,सारदा, विरजंग,गम्भीर रहनु भएको छ ।

यस्तै अनेम संघ क्रान्तिकारी बर्दियाको बारबर्दिया नं.पा. ९ ढकेलामा टोल स्तरीय नौ सदस्यीय समिति गठन भएको छ । जसमा अध्यक्ष शान्ता बि.क., सचिव पार्वती बुढामगर,कोषाध्यक्ष निर्मला खड्का ,सदस्य जैसरा बि.क.,निलसरा परियार,हिरा नेपाली ,भुमिसरा खड्का ,यमिसरा बि.क.,सुन्धरा तारामीमगर रहनु भएको छ ।

त्यसैगरी ढकेलामा अनेकिम संघ (क्रान्तिकारी )को कर्ण बि.क. को संयोजकत्वमा सात सदस्यीय टोल स्तरीय समिति गठन भयो जसमा सदस्य दुर्गा बहादुर खड्का ,निल बहादुर बि.क.,हस्त परियार, बिर्ख बहादुर बि.क. , मदन थापा क्षेत्री र मोहन बोहोरा रहनु भएको छ ।

You might also like
Loading...