प्रधानमन्त्री र रअ प्रमुखः रहस्यमय भेटघाट

अनपेक्षितदुर्घटनाको पूर्वाभिनय त होइन?

0 385

मोहन वैद्य‘किरण’, महासचिव– नेकपा (क्रान्तिकारी माओवादी) । यही ५कार्तिक २०७७ मा भारतीय खुफिया विभागसित सम्बन्धित रअ (रिसर्च एण्डएनालाइसिस विङ्ग) प्रमुख र नेपालका प्रधानमन्त्रीबीच बालुवाटारमा राति गोप्य भेटघाट भएको कुरा सार्वजनिक भयो ।अन्तर्राष्ट्रिय हवाइ उडान बन्द भएको बेला रअ प्रमुख रहस्यमय ढङ्गले आकस्मिक रूपमा काठमाण्डौ आए । नेपालको राजनीतिक वृत्त, कुटनीतिक क्षेत्र र बौद्धिक जगत निकै तरङ्गितबन्यो ।

उक्त भेटघाटको तरङ्गलाई साम्यपार्न प्रधानमन्त्रीका प्रेस सल्लाहकारका तर्फबाट शिष्टाचार भेट भनेर प्रेसनोट जारी गरियो । चौतर्फी रूपमा विरोधका स्वर मुखरित भए । सरकारी पार्टीका नेताहरूद्वारा पनि सार्वजनिक रूपमै विरोध गरियो । विभिन्न राजनीतिकदल र नागरिक अगुवाहरूका तर्फबाट पनि वक्तव्य प्रकाशित हुँदै गए । विभिन्न ढङ्गका प्रश्नहरूको ओइरो लाग्नथाल्यो । परराष्ट्रमन्त्रीका तर्फबाट भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आएका भनेर स्पष्टीकरण दिइयो ।

तर त्यो चित्तबुझ्दो थिएन ।अरूको कुरा छोडौं, डबल नेकपाका प्रवक्ताबाटै पनि कूटनीतिक मान्यता र मर्यादा यसरी तोडिएको यो पहिलो घटना हो भनी सार्वजनिक अभिव्यक्ति दिइयो । भेटघाटको यो विषय निकै रहस्यमय, गम्भीर र आक्रोशपूर्ण बन्न गएको छ ।

रअ प्रमुख र प्रधानमन्त्रीकाबीच अत्यन्तै अस्वाभाविक रूपमा जुन भेटघाट भयो त्यसबाट राजनीतिक तथा कूटनीतिक क्षेत्र र राष्ट्रिय स्वाभिमानको सन्दर्भ सित जोडिएका कैयौँ प्रश्नहरू उठेकाछन् । यस सन्दर्भमा निम्नअनुसारका विषयमननीय रहेकाछन् ः
पहिलो, यो भेटघाट देशको कूटनीतिक मान्यता, मर्यादा र आचार संहिताकाविरूद्ध रहेको छ । परराष्ट्र मन्त्रालय सम्मलाई पनिऔपचारिक जानकारी नदिनु र प्रधानमन्त्रीमात्रले भेटघाट गर्नु अत्यन्तै रहस्यको विषय बन्न गएको छ ।

दोस्रो, अरूको कुरा छोडौं, आफ्नै पार्टीका शीर्ष नेता र प्रवक्ता सम्म पनि जानकारी नहुनु निकै विचित्रको विषय बन्नगएको छ ।

तेस्रो, लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका नेपाली भू-भागमाथि भारतीय अतिक्रमण भएको र त्यसबारे कूटनीतिक रूपमा पनि कुराकानी हुन नसकेको  सन्दर्भमा भारतीय खुफिया अधिकारीसित भेट गर्नुृको आशय, अर्थ र अभिप्राय केहो बुझ्न कठिन भएको छ ।

चौथो, भारतीय शासक वर्गले नेपालसित कूटनीतिक र राजनीतिक रूपमाआमने–सामने भएर गम्भीरतापूर्वक वार्ता/सम्वाद गर्न तयार नहुनु, सो कार्यमा खुफिया प्रमुखलाई पठाउनु र नेपाली प्रधानमन्त्रीको पदीय हैसियतलाई खुफिया प्रमुखको स्तरमा गिराउनु — यी सबै विषयको विशलेषण कसरी गर्ने र कुन निष्कर्षमा पुग्नेभन्ने प्रश्नएकदमै नयाँ ढङ्गले मुखरित बन्न पुगेको छ ।

पाँचौं, भनिन्छ — कूटनीतिक विषयलाई गोप्य राख्नु पर्दछ । कुरा ठीकै हो, कूटनीतिक मान्यता र मर्यादामाआधारित विषयलाई गोप्य राख्नु पर्दछ । तर, खुफियाअधिकारीसितको भेट र उनीमार्फत् पठाइएको सन्देशलाई कूटनीतिक मान्यता र मर्यादा अन्तर्गत राख्न सकिँदैन । त्यस भेटमा कूटनीति होइन कुनै षड्यन्त्रको छनक पाइन्छ । तसर्थ,त्यसबारे सुसूचित हुने अधिकार जनतासित छ र जनतालाई सूचित गर्नु पर्दछ ।

जेहोस्, यो सबै स्थिति हेर्दा यस भेटघाटको अन्तर्वस्तु कतै अर्को राष्ट्रघातसितत जोडिएको छैन ?कतै यो कुनै अनपेक्षितदुर्घटनाको पूर्वाभिनय त होइन? सबै सच्चा देशभक्त नेपालीहरूले गम्भीरतापूर्वक सोच्न र देशको राष्ट्रिय स्वाधीनता, सार्वभौनिकता,भौगोलिकअखण्डता र स्वाभिमानको रक्षाका लागि एकताबद्धभएर आन्दोलनको तयारी गर्न अनिवार्य हुनगएको छ ।

You might also like
Loading...