माइतीघर मण्डलामा भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणका विरुद्ध प्रदर्शन

विस्तारवादी सेनालाई दिइने नेपाली सेनाको महारथीको पदवी खारेज गर्न माग

0 218

काठमाडौँ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन । २१ राजनीतिक संगठनहरुले माइतीघर मण्डलामा नरवणे भ्रमणको व्यापक विरोध गरेका छन । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो काठमाडौं आइपुगेका नरवणेलाई सम्भावित विरोध प्रदर्शन छल्दै रिङरोडको रुट हुँदै सोल्टीहोटल पु¥याइएको छ ।

नरवणे भ्रमणको विरोधमा प्रदर्शनमा उत्रिएका २१ राजनीतिक संगठनका नेता कार्यकर्ताहरुले काला झण्डा पहराउनुका साथै भारतीय विस्तारवादी हस्तक्षेप र दलाल शासकहरुको विरुद्धमा चर्र्को नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरुले ‘भारतीय सेना कालापानी छोड’को नारा चर्र्को रुपमा घन्काएका थिए ।

राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, नेपाली सार्वभौमिकतामाथिको हस्तक्षेप बन्द गर, अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी फिर्ता गर, विस्तारवादी सेनालाई दिइने नेपाली सेनाको महारथीको पदवी खारेज गर, भारतीय सेना कालापानी छोड, भारतीय विस्तारवाद मूर्दावाद लगायतका नाराहरुसहित भएको विरोध प्रदर्शनलाई आयोजकहरुको तर्फबाट नेता लोकनारायण सुवेदीले सम्बोधन गरेका थिए ।

विरोध प्रदर्शनमा नेकपा ९क्रान्तिकारी माओवादी०का पीवीएमहरु दिनेश शर्मा सागर, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ लगायत केन्द्रीय सदस्यहरु, जबस मोर्चाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

उता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आएको छ । नेपाली सेनाको जंगीअड्डा स्रोतले नरवणेको भ्रमणमा चार सदस्यीय टोली रहेको उल्लेख गरेको छ ।

विमानस्थलमा नरवणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु पुगेका थिए ।नरवणेले सीमा विवाद चर्किएका बेला चीनतर्फ इंगित गर्दै नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गरेका थिए । त्यसैले उनलाई नेपालमा सुरक्षा चुनौती रहेको विश्लेषण नेपाली सेना, नेपालस्थित भारतीय दूतावासलगायतको रहेको छ ।

नरवणेलाई कालो झण्डा देखाउने, विरोध प्रदर्शन गर्ने, कफन बाँधेर बस्ने जस्ता गतिविधि हुनसक्ने विश्लेषण सुरक्षा अधिकृतहरुले गरेका थिए । त्यसैले उनको भ्रमणको पूर्वसन्ध्यामा चेकजाँचमा कडाइ गरिएको थियो भने अहिले उपत्यकामा व्यापक रुपमा सादा पोशाकमा प्रहरी टोली परिचालित गरिएको थियो ।

यस्तो छ नरवणेको कार्यतालिकाः

बुधबार नरवणे नेपाल आएको पहिलो दिन कुनै औपचारिक कार्यक्रम राखिएको छैन । तर, नेपालस्थित भारतीय दूतावासको समन्वयमा अनौपचारिक भेटघाट हुनसक्ने भनिएको छ ।पत्नीसहित आएका उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने तयारीसमेत गरेको स्रोतको भनाइ छ ।

भ्रमणको महत्वपूर्ण कार्यक्रम भोलि (बिहीबार)राखिएको छ । उनले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न लगाउने कार्यक्रम शीतल निवासले बिहीबार राखेको हो ।

शीतल निवासको कार्यक्रमअघि नै नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ, त्यसपछि उनले जङ्गीअड्डामा सैनिक गारत निरीक्षण गर्नेछन । समकक्षी नेपाली सेनाका महारथी पूर्णचन्द्र थापासँग पनि नरवणेले बिहीबार नै औपचारिक सम्वाद गर्नेछन ।

छलफलपछि जंगीअड्डाका उच्च सैन्य अधिकृतहरुसँग उनले छलफल समेत गर्नेछन । नरवणेको सम्मानमा जंगीअड्डाले बिहीबार साँझ रात्रि भोजको समेत आयोजना गरेको छ ।

भ्रमणको अन्तिम दिन शुक्रबार नरवणेले सैनिक स्टाफ कलेज, शिवपुरीमा शिक्षार्र्थीसँग अन्तरक्रिया गर्नेछन । त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री ओलीलाई भेटेर स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

You might also like
Loading...