बर्दियामा नेकपा( क्रान्तिकारी माआेवादी)द्वारा भित्ते लेखन अभियान तीव्र

0 366

बर्दिया । बर्दियामा नेकपा( क्रान्तिकारी माआेवादी)ले तीव्र रुपमा भित्ते लेखन अभियान सुरु गरेको छ।

शनिबारदेखि जिल्लाका सबै नगरपालिका, गाँउपालिका लगायतका स्थानमा स्थानीय बासिन्दाको सक्रियतामा भित्तेलेखन कार्यक्रम सुरु भएको हो ।

जनताकै माझमा रहेर संगठन बिस्तार र सुदृढीकरण तथा सरकारको गलत क्रियाकलापहरुको भण्डाफोर गरिरहने साे पार्टीका पिविएम तथा बाँके ,बर्दिया इन्चार्ज संकुलले जनपथ खबरसंग बताउनु भएको छ ।

जनताले यो व्यवस्था र राज्यसत्ताको विकल्प खोजेको भन्दै सबै नेपाली जनताले नयाँ जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवाद नै अबको विकल्प रहेको अपेक्षा राखेको  उनले बताए ।

नेकपा(क्रान्तिकारी माआेवादी)ले भित्तेलेखनमा नयाँ जनवादी क्रान्ती जिन्दावाद,दलाल पुजीवादी सत्ताको विकल्प नयाँ जनवादी व्यवस्था,राष्ट्रघाति MCC सम्झौता खारेज गर,राष्ट्रिय स्वाधीनताको रक्षा गर,अतिक्रमित भुमि फिर्ता गर,भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर,संसदीय व्यवस्था मुर्दाबाद लगायतका दर्जनौं नाराहरु लेखेको छ ।

You might also like
Loading...