बर्दियामा नेकपा (क्रान्तिकारी माअोवादी)मा सच्चा कम्युनिस्टहरु धुव्रीकृत
बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता नेकपा (क्रान्तिकारी माअोवादी)मा धुव्रीकरण भएका छन् । राजापुर नगरपालिकाको नगर कमिटीले आइतबार राखेको पार्टी प्रवेश कार्यक्रममा उनिहरु संगठित भएका हुन ।
नव प्रवेशी नेता कार्यकर्तालाई पार्टीका पिविएम तथा बाँके- बर्दिया इन्चार्ज संकुलले स्वागत गर्दै तत्कालीन अवस्थाको राजनैतिक समसामयिक विषय वस्तु सम्बन्धि प्रशिक्षण दिनु भएको छ ।
प्रत्येक स्थानीय तहसम्म तीव्ररुपमा संगठन विस्तार भइरहेको पार्टीका जिल्ला सचिव विपिन रोकायले जानकारी दिनु भएको छ ।
ध्रुवीकरणको प्रक्रियाबाट आज राजापुर न.पा.वडा नं.७ मा पार्टीको पाँच सदस्यीय सेल कमिटी र नौ सदस्यीय नेपाल दलित मुक्ति मोर्चाको वडा स्तरीय समिति गठन भएको छ।
उक्त पार्टीको सेल कमिटीमा सचिवमा अचुक,सदस्यहरू साहसी ,विवेक ,सफल र जनक रहनु भएको छ । त्यसैगरी नेपाल दलित मुक्ति मोर्चाको वडा स्तरीय समितिमा संयोजकमा दिपक बिक,सदस्यहरुमा अमर परियार ‘क’,अमर परियार’ख’,प्रकाश कामी,सुरेन्द्र परियार ,समीर परियार ,ज्ञानेन्द्र परियार ,सुरेश परियार,जीवन परियार रहनु भएको छ।