सब वायात कुरा हो दलालहरूको यो, लुटेराहरूको न लाइन न कुनै धार छ:भट्ट

यो सत्ता स्थायी होइन फेरि भेट हुनेछ, सके जति लुट तिमी दुई बर्ष करार छ

0 419

– धर्मानन्द भट्ट
मजा छ के छ तिमीहरूलाई बहार छ।
गरीब बस्तिमा पो यस्तो हाहाकार छ।

खुल्ला मञ्चका भोकाहरू भोकै छन,
सबैतिर उसैको चाकरी र समाचार छ।

इमान्दारका त गाला चाउरी सकेछन,
तर दलालहरूको मूल्य छ बजार छ।

घर छोड्नेको लर्कोले बस्ती अध्यारो,
चहलपहल बालुवाटार खुमलटार छ।

सब वायात कुरा हो दलालहरूको यो,
लुटेराहरूको न लाइन न कुनै धार छ।

खानको लागि हो लडाइ भुत्रा जनता
यस्तो झगडा त हर दिन छ हर बार छ।

चोक चोकमा रोएका देख्छु चम्चाहरू,
अचम्म लाग्छ किन यस्तो मारामार छ।

यो सत्ता स्थायी होइन फेरि भेट हुनेछ,
सके जति लुट तिमी दुई बर्ष करार छ।

You might also like
Loading...