सुकुम्बासी – भूमिहीन किसान माथि डिभिजन वन कार्यालय बाँकेको दादागिरी

अपहरण शैलीमा दुई जना गिरफ्तार

0 333

बाँके । सुकुम्बासी -भूमिहीन तथा गरिव दुई जना किसानहरुलाई जिल्ला डिभिजन वन कार्यालय बाँकेले अपहरण शैलीमा गिरफ्तार गरेको छ ।

नरैनापुर ५ जमुनाहाका स्थानीय किसान सम्सार खाँ र उनका छोरालाई शुक्रबार पक्राउ गरि जिल्ला डिभिजन वन कार्यालयको हिरासतमा राखेको छ।

विगत चालीस बर्षदेखि जोतभोक गर्दै आएको जमिनमा गहुँ सिचाइ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

एेलानी जग्गामा बसोबास गर्दै आएका उनीहरूलाई वन अतिक्रमण गरेको आरोपमा पक्राउ गरि लिएको एक स्थानीयले जनपथ खबरसंग बताएका छन् । साथै रेन्जर नवराज शाहीले काठ तस्करहरुसंग कमिसन लिएर उनीहरूको संरक्षण गर्ने र त्यहाँका उत्पीडित समुदायलाई त्रासमा राखेर दमन गर्ने गरेको स्थानीयले बताएका छन ।

उक्त जमिनमा जीविकोपार्जनका निमित्त बोर्डिङ गाडेर सिचाइ गर्दै गरेका किसान माथि अपहरण शैलीबाट गरिएको जघन्य अपराध प्रति राज्य सचेत हुनु पर्नेमा जनपक्षीय संचार जगतको चासोको विषय बनेको छ ।

यस्तो दुखद घटना तस्कर,भु- माफियाहरुलाई माफि दिने र जो वास्तविक किसान हुन उनीहरूलाई विस्थापित गर्ने उदेश्यले आफ्नो बारिमा सिचाइ गरिरहेका किसान माथि दमन गर्ने राज्यको शैलीले थप दुर्घटना निम्त्याउन सक्ने त्यहाँका स्थानीयले बताएका छन ।

You might also like
Loading...