चितवन राष्ट्रिय निकुञ्जमा १६ गैँडाको रहस्यमय मृत्यु: सम्बन्धित निकाय मौन किन ?

0 270

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले छलफल थालेको छ ।

छलफलका लागि समितिका सभापति पूर्णकुमारी सुवेदी नेतृत्वको सात सदस्यीय टोली निकुञ्जको कार्यालय कसरा आइपुगेको हो ।

टोलीले गैँडाको संरक्षणमा काम गर्ने सङ्घ संस्था तथा संरक्षणकर्मीसँग अन्तर्क्रिया गर्नेछ।

चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा मात्रै विभिन्न कारणबाट १६ गैँडाको मृत्यु भइसकेको छ । यसमध्ये चार गैँडा चोरी शिकारबाट मरेको निकुञ्जको तथ्याङ्क छ ।

विश्वमै दुर्लभ मानिने एक सिङ्गे गैँडाको मृत्यु हुने क्रम बढेपछि संरक्षणकर्मी चिन्तित बनेका छन् । वन र वन्यजन्तुको संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जले काम गरिरहेका छन् ।

सन् २०१५ मा भएको गैँडा गणना अनुसार निकुञ्जमा ६०५ गैँडा थिए । यो बीचमा १५६ गैँडाको विभिन्न कारणबाट मृत्यु भएको छ ।

निकुञ्जले केही वर्ष शून्य चोरी शिकार वर्ष मनाए पनि अहिले भने गैँडा मर्ने क्रम रोक्न निकुञ्ज विशेष रणनीतिका साथ अगाडि बढ्ने भन्ने कुरा रुपमा मात्र सिमित रहनेछ । किन कि सामाजिक सत्ता र व्यवस्था दलाल नोकर शाह , पुँजीपति एवम् सामन्त वर्गको सार तत्व बोकेको हुनाले एउटा कुनै अमुक निकायले समस्या समाधान गर्छु भन्नू जनतालाई भ्रमित तुल्याउनु सिवाय अरु केही हुन सक्दैन । अपितु यो सत्ता र व्यवस्थाको विकल्प अर्को नयाँ सत्ता र व्यवस्था स्थापना गरेर मात्र सम्भव छ ।

कालगतिबाट गैँडा मर्ने कुरा सामान्य भए पनि चोरी शिकारबाट गैँडा मर्नुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता रहेकोआशङ्का गरिएको छ ।रासस

You might also like
Loading...