नेपालगन्जमा नेकपा (क्रान्तिकारी माअोवादी)ले गर्यो विशाल विरोध प्रदर्शन

देश र जनताको सुरक्षा नगरे हतियार उठाउने चेतावनी

0 281

बाँके। नेकपा (क्रान्तिकारी माअोवादी)ले आज लुम्बिनी प्रदेशको नेपालगन्ज लगाएत सात वटै प्रदेशमा विरोध प्रदर्शन गरेको छ ।
५ नंं प्रदेशको आयोजनामा दिउसो १ बजे नेपालगन्ज धम्बोजी चोकमा विरोधसभा गरिएको हो । यहाँको विरोधसभालाई पार्टी पिविएम तथा बाँके , बर्दिया इन्चार्ज भुपेन्द्र न्यौपाने र पार्टीका केन्द्रीय सदस्य तेजबिक्रम शाही लगायतका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले राज्य देश र जनताको सुरक्षा गर्न असफल भएको हुँदा अब हतियार उठाउन आफुहरु तयार भएको बताउनु भएको छ।

क्रान्तिकारी माओवादीको सम्पन्न पीवी बैठकले भारतद्वारा कब्जा गरिएको लिम्पियाधुरा सहितको भूभाग फिर्ता, एमसीसीको विरोध, भ्रष्टाचार, महङ्गी, वालिका–महिला बलात्कार तथा हत्या, मजदुरहरुको निष्काशन तथा कटौतीको विरोध, किसानहरुका लागि मलखाद तथा उत्पादित वस्तुको बजार एवम् सहुलियत ऋणको व्यवस्था, स्वदेशमै रोजगारीको सुनिश्चितता, शिक्षा तथा स्वास्थ्यको राष्ट्रियकरण, मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम सहितका उत्पीडित वर्ग तथा जनसमुदायका हक, हित तथा जनजीविकाका विषयलाई लिएर स्वतन्त्र तथा संयुक्त रुपमा विभिन्न प्रकारका सङ्घर्ष तथा आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यिनै विषयलाई लिएर यही मङ्सिर २५ गते काठमाण्डौ सहित देशका सबै प्रदेशहरुमा विरोध प्रदर्शन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो ।

You might also like
Loading...