सडकले तिम्रा विरासत उडाउँछ: होसियार

उखु र चिनीको वर्ग मिल्दैन!

0 320

धर्मानन्द भट्ट                                                                                     कोहीले त बुझेका छन चिसोले सताउछ कसरी।
कोहि माहिर छ्न बुझ्न माहोल तताउछ कसरी।।

तिमी त तातोको राजधानी हौ बुझ्दैनौ बुझिदैन,
मेरो बस्तीमा थाहा छ शीतलहर आउँछ कसरी।

उखु र चिनीको वर्ग मिल्दैन बिचरा! किसान छ,
सब जान्दछ ऊ मालिकले धन कमाउछ कसरी।

मेरो दुर्भाग्य सम्झी सोचेर हैरान हुन्छु यो देशमा,
पदमा पुग्छ खान्छ अनि मजाले पचाउछ कसरी।

आज सडकमा यो गति छ तर समय आउनेछ र,
देखेकै छौ सडकले बिरासतहरू उडाउछ कसरी।

बिहान बित्यो दिनको चिन्ता छैन दौडिन्छ गाडी
मलाई हेर्नू छ यो चम्किलो सूर्य अस्ताउछ कसरी।

You might also like
Loading...