वर्तमान सङ्कटको समाधान सङ्घीय जनगणतान्त्रिक सत्ता हो: किरण

0 360

बर्दिया । नेकपा क्रान्तिकारी माआेवादीका महासचिव मोहन वैद्य किरणले वर्तमान सङ्कटको समाधान सङ्घीय जनगणतान्त्रिक सत्ता भएको जनाएका छन । उहाँले आज जारी गरेको प्रेस वक्तव्यमा त्यस्तो उल्लेख गरिएको हो ।

सत्ता र सुविधाको लुछाचुँडीका निम्ति सत्ताधारी नेकपामा सुरुभएको अन्तरकलह र कचिङ्गल आज २०७७ मङ्सिर ५ बिहानको मन्त्रीमण्डलको बैठकसम्म आइपुग्दा संसद विघटनको सिफारिस गर्ने हदसम्म विकास हुन पुगेको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष प्रस्तुत गरेको उक्त सिफारिसलाई राष्ट्रपति भण्डारीले अनुमोदन गरी आगामी २०७८ बैशाख १७ र २७ गते मध्याबधि निर्वाचनको तिथिमिति समेत घोषणा गरेकी छिन् । यो प्रतिगामी कदम भएको उहाँले बताएका छन ।

साथै देशको विद्यमान राजनीतिक सङ्कट प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम हो ।

संसदीय व्यवस्थाकै कारण पैदा भएको वर्तमान सङ्कटको समाधान साम्राज्यवादी तथा विस्तारवादी चलखेलमा गरिने अर्को संसदीय निर्वाचनले गर्न नसक्ने समेत उक्त वक्तव्यमा उल्लेख गरिएको छ ।

यस सङ्कटको एकमात्र समाधान सङ्घीय जनगणतान्त्रिक सत्ता, व्यवस्था र सरकारको स्थापना हो । यसलाई आम जनताले मनन गर्नु जरुरी भएको छ ।

You might also like
Loading...