बाँकेमा नेकपा (क्रान्तिकारी माओवादी)ले वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो

निजी पुँजीको अन्त्य गर्नुपर्नेमा जोड

0 360

बाँके । नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति बाँके र बर्दियाले सयुक्त रुपमा नेता तथा कार्यकर्ताहरुलाई वैचारिक प्रशिक्षण गरेको छ ।

उक्त प्रशिक्षण कार्यक्रम पुस ८ गतेका दिन बाँकेको जि- गाउँमा भएको हो । पार्टीका पिविएम तथा लुम्बिनी प्रदेशका सेक्रेटरी भुपेन्द्र न्यौपाने (सकुल) ले नेताहरूलाई प्रशिक्षण गर्दै निजी पुँजीको विकल्पमा सामुहिक पुँजीलाई स्थापना गर्नु पर्नेमा जोड दिनु भएको छ ।

साथै संसदीय ब्यवस्था असफल भएकोले अबको विकल्प संघीय जनगणतन्त्र सत्ता,व्यवस्था हुने हुँदा त्यसैको स्थापना गर्न क्रान्तिकारी देशभक्त तथा प्रगतिशील व्यक्तिहरुले यस आन्दोलनमा हुमिने उचित समय आएको बताउनुभयो ।

उक्त कार्यक्रमको बर्दिया जिल्ला पार्टी सेक्रेटरी क. विपिनले बाँके जिल्लाका पार्टी सेक्रेटरी क.पिटीको अध्यक्षतामा संचालन गर्नु भएको थियो । त्यसैगरी प्रमुख अतिथिमा पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचिव क.सकुल र अतिथि पार्टीका केन्द्रीय सदस्य तथा बाँके बर्दिया इन्चार्ज क. अर्जुन रहनु भएको थियो ।

You might also like
Loading...