बाँकेमा सरकारको प्रतिगामी कदमका विरुद्ध विशाल विरोध प्रदर्शन

बादशाहलाई सडकमा पछारी व्यवस्था परिवर्तन गर्ने चेतावनी

0 303

बाँके । नेकपा (क्रान्तिकारी माओवादी)बाँके-बर्दिया जिल्ला समितिले सयुक्त रुपमा केपी सरकारद्वारा गरिएको प्रतिगामी कदमका विरुद्ध विरोध सभा गरेको छ ।

उक्त विरोध सभा बुधबार बाँकेको जीगाउँमा भएको हो । यस विरोध सभा कार्यक्रमको संचालन क. सुरेस अोलिले र सम्बोधन पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचिव सकुलले गर्नु भएको थियो ।

यस विरोध सभालाई सम्बोधन गर्ने क्रममा वर्तमान संसदीय व्यवस्था, सत्ता र संविधान  असफल भएको भन्दै यो व्यवस्थाको विकल्पमा संघीय जनगणतान्त्रिक राजनीतिक व्यवस्था स्थापना गर्नुपर्ने संकुलले बताउनुभयो । साथै उहाँले यस प्रतिगामी कदमका विरुद्ध आफुहरु सशक्त संघर्ष गर्ने ठोकुवा गर्नु भयो ।

उहाँले भन्नू भयो – इतिहास साक्षी छ बादशाहहरुलाई निरकुंसतन्त्रको रंगमञ्चबाट कठला समाती सडकमा पछारेर सामाजिक व्यवस्था परिवर्तन गरेको तथ्यहरु छन । साथै सचेत राजनीतिमा साथ सहयोग गर्न हुन आम प्रगतिशील मानिसहरुलाई अपिल गर्नु भयो ।

You might also like
Loading...