बर्दियामा संघीय जनगणतन्त्रको स्थापनार्थ बिरोध सभा

0 179

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी)बर्दियाले संसद विघटन र मध्यावधि निर्वाचन सम्बन्धी र सरकारद्वारा गरिएका राष्ट्रघात-जनघातका विरुद्ध विरोध सभा गरेको छ ।
उक्त कार्यक्रम बिहिबार बर्दियाको ठाकुरवावा नगरपालिका वडा नं.१ भुरिगाउँमा भएको हो । सो विरोध सभा कार्यक्रमको संचालन पार्टीका केन्द्रीय सदस्य एवं बाँके- बर्दिया इन्चार्ज अर्जुनले र सम्बोधन पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेले गर्नु भएको थियो ।

यस विरोध सभालाई सम्बोधन गर्दै न्यौपानेले वर्तमान संसदीय व्यवस्थाको विकल्प पुनः संसदीय व्यवस्था नै हुन नसक्ने ठोकुवा गर्नु भयो ।उहाँले यो व्यवस्थाको विकल्पमा संघीय जनगणतान्त्रिक राजनीतिक व्यवस्था हुने बताउनुभयो । साथै अहिले देशमा किसान मजदुरहरुका समस्या दिनानुदिन बढ्दै गएको र यस समस्याको निकास संसदीय व्यवस्थाले दिन नसक्ने हुँदा त्यसका लागि संघिय जनघणतन्त्र स्थापना गर्नु पर्नेमा जोड दिनुभयो ।
यस स्थितिमा वर्तमान सङ्कटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधानका निम्ति सङ्घीय जनगणतन्त्रको स्थापनार्थ कार्यगत एकता तथा संयुक्त मोर्चा गरी सशक्त तथा प्रभावकारी ढङ्गले सङ्घर्षमा उत्रन सबै देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरुसित विशेष अनुरोध समेत गर्नु भयो ।

You might also like
Loading...