बुटवलमा संसद विघटन,राजनीतिक संकट र निकासबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

अबको निकास संघिय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवाद !

0 283

रुपन्देही । रुपन्देही जिल्लाको बुटवल स्थित एसियन होटलको हलमा अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ । संसद विघटन,राजनीतिक संकट र निकासबारे अन्तरक्रिया कार्यक्रम सोमबार भएको हो ।

यस कार्यक्रमको आयोजना राष्ट्रिय स्वाधीनताको लागि नागरिक मञ्च नेपालले गरेको थियो ।कार्यक्रमको अध्यक्षता अधिवक्ता एवं नागरिक मञ्च नेपालका अध्यक्ष पदम बहादुर कार्कीले गर्नु भएको थियो ।

सो कार्यक्रमको प्रमुख अतिथिमा नेकपा क्रान्तिकारी माआेवादीका पिविएम तथा लुम्बिनी प्रदेश इन्चार्ज क. प्रेम सुवेदी रहनु भएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सुवेदीले संसद विघटनको कदम प्रतिगामी कदम भएको बताउनुभयो ।

साथै यस कदमका बिरुद्धको आन्दोलनमा आफ्नो पार्टीको एक्यवद्धता भएको जनाउनु भयो । उहाँले अबको निकास संघिय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवाद नै हो भन्ने ठोकुवा गर्नु भयो ।

उक्त कार्यक्रममा नेकपा क्रान्तिकारी माआेवादीका तर्फबाट पार्टीका पिविएम एवम् लुम्बिनी प्रदेशका सचिव भुपेन्द्र न्यौपाने, डबल नेकपा(प्रचण्ड – माधव) तर्फबाट ठाकुर गैरे,नेपाली काँग्रेसबाट खिलराज पाण्डे,विन बहादुर कुँवर,तान बहादुर खत्री, घनश्याम पाठक,लिला मल्ल ढकाल, खेम लुईटेल,बाबुराम आचार्य,गणेश घिमिरे लगाएतका वक्ताहरुले आफ्ना धारणा राखेका थिए ।

यस कार्यक्रममा बोल्दै भुपेन्द्र न्यौपानेले-“वर्तमान सङ्कटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधानका निम्ति सङ्घीय जनगणतन्त्रको स्थापनार्थ कार्यगत एकता तथा संयुक्त मोर्चा गरी सशक्त तथा प्रभावकारी ढङ्गले सङ्घर्षमा उत्रनु पर्ने ” बताउनु भयो ।

उक्त कार्यक्रमलाई स्वागत मन्तव्यद्वारा रिषि आजादले स्वागत गर्नु भएको थियोे ।सो कार्यक्रमको संचालन दिपक पौडेलले गर्नु भएको थियो ।

You might also like
Loading...