बर्दियामा रोकिएन हात्ती आतंक , दैनिक स्थानीयका घर तोडफोड र लाखौको क्षती

0 448

बर्दिया । बर्दिया जिल्लाको ठाकुरबाब नगरपालिका वडा नं. १ डुम्रेनी गाउँ लगाएतका विभिन्न ठाउँमा जंगली हात्तीको आतङ्कले स्थानीयवासी त्रसीत भएका छन । यो समस्या तत्कालीन नभई बर्षौ देखीको हो ।

यसरी मध्यरातमा जंगली हात्तीको समुह गाउँमा पसेर घर तोडफोड गर्न थालेपछी स्थानीय वासी हात्ती आताङ्कले त्रसीत भएका हुन । पछिल्लो समय मंगलबार र बुधबार राती हात्तीले स्थानीयका घरमा आक्रमण गरी लाखौको क्षती गरेका छन ।

विगत लामो समय देखी हात्ती गाउँ पसेर दैनिक जस्तो घर भत्काएर गरिव दुखीले दिनभर ज्यालादारी गरेर घरमा भण्डारण गरेको अन्नपात खाने, नष्ट गर्ने, भाँडाकुडा किल्चेर क्षती गर्ने गरेको स्थानियले वताएका छन ।

हात्तीले एक्कासी मध्यरातमा घरमा आक्रमण गर्दा भागभाग गरेर ज्यान जोगाउनु पर्ने अाखिर कहिले सम्म ? हात्ती लगाएतका जंगली जनावरबाट बच्नको निम्ति लामो समयदेखि राज्यको करोडौं रुपैयाँ खर्च गरेर तारबार गरे पनि उक्त तारमा सम्बन्धित निकायले करेन्ट नछोडेकोले यसरी आफुहरु सास्ती खेपिरहेको स्थानीयको गुनासो छ।

निकुञ्ज,आरक्ष र मध्यवर्ती आसपासका मानिसले हात्ती आएको थाहा पाउनासाथ घरपिच्छे आगो बालेर धपाउदै रातभर जागाराम वस्नु परेको छ । हात्तीले कतिवेला किल्चेर मार्ने हो भन्ने त्रासले रातभर अनिदो वस्नु परेको उनीहरुको दुखेसो छ । हात्ती प्रभावित क्षेत्रका वासिन्दाको ज्यान जोखिममा पर्दा समेत स्थानीय स्तरबाट सामान्य राहत वाहेकका नियन्त्रणको दिगो सामाधानको पहल सम्म नगरेको स्थानीय वासीले बताएका छन ।
आजभोलि दैनिक जसो हात्ती गाउँमा प्रवेश गरी घर तोडफोड, धानको भकारी उठाएर लाने, अन्नवाली खाने, किसानले लगाएको तरकारी र वालीनाली नष्ट गर्ने गरेको त्यहाँका स्थानीयले वताए ।

You might also like
Loading...