बर्दियामा मोटरसाइकल दुर्घटना,आचार्यको मृत्यु

घाइतेको उपचार हुँदै

0 3,603

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन ।घाइतेको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।

पूर्वपश्चिम राजमार्गमा पर्ने भुरिगाउँ बजार देखि करिब ३ किलोमिटर रानिपुर नजिकै पश्चिमतिर गइरहेको डल्लपमा मोटरसाइकल ठोकिदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका वडा नं. १ डुम्रेनीका अन्दाजी २३ बर्षका त्रिभुवन आचार्य हुनुहुन्छ भने घाइते हुनेमा सोही ठाउँकै तिर्थ आचार्य भएको जनाइएको छ । उहाँहरु दुबै जना एउटै मोटरसाइकलमा सवार हुनुहुन्थ्यो । उक्त घटना बिहीबार राति करिब ७:४५ बजेतिर घटेको प्रहरीले बताएको छ । साथै घाइतेको अवस्था सकारात्मक रहेको समेत प्रहरीले जनाएको छ ।

मुख्य सडकको विभिन्न ठाउँ ठाउँमा खाल्डाखुल्डी हुँदा पनि समयमै मर्मत नहुदा यस्ता घटना दिनहुँ घटी रहने सर्वसाधारणको भनाइ रहेको छ । साथै यो घटना त एउटा प्रतिनिधि मुलक घटना मात्र हो ।

You might also like
Loading...