नेकपाका गिरफ्तार नेता–कार्यकर्तालाई रिहाई गर्न २३ राजनीतिक संगठनको  माग

वार्ताको पहल गरि समस्या समाधान गर्न आग्रह

0 379

काठमान्डौ ।विद्रोही नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका नेता धर्मेन्द्र बास्तोलालगायत चार जना नेता तथा कार्यकर्ताको तत्काल रिहाई गर्न २३ राजनीतिक संगठनले जोडदार माग गरेका छन ।

उक्त माग २३ राजनीतिक संगठनको कार्यगत एकताको तर्फबाट सी.पी. गजुरेलद्वारा प्रकाशित प्रेस वक्तव्य मार्फत गरिएको हो ।

उक्त प्रेस वक्तव्यको पूर्णपाठ:-

गिरफ्तार नेता–कार्यकर्तालाई रिहाई गरी वार्ताको पहल गर

हामीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न र उक्त पार्टीमाथिको प्रतिबन्ध हटाउन माग गर्दै र केपी ओली सरकारलाई सुझाव दिँदै आएका छौं । यदाकदा सरकारले वार्ताको प्रचार पनि गर्ने गरेको छ । तर, यही पुस २९ गते अपराह्न त्यस पार्टीका केन्द्रीय सचिवालयका नेता धर्मेन्द्र बास्तोलालगायत चार जनालाई गिरफ्तार गरिनुले सरकार दमनतिरै अग्रसर भएको देखिन्छ । हामी २३ राजनीतिक संगठनका तर्फबाट गिरफ्तार नेता–कार्यकर्तालाई रिहाई गरी वार्ताको बाटोबाट समस्याको समाधान खोज्न सरकारसँग माग गर्दछौं ।
कार्यगत एकतामा सम्मिलित २३ राजनीतिक संगठनहरु
१. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी) ३. नेकपा (माले) ४. राष्ट्रिय जनमोर्चा, नेपाल ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र), ८. नेकपा (माओवादी केन्द्र), ९. राष्ट्रिय जागरण मञ्च १०. जनसमाजवादी पार्टी,
११. नेकपा (संयुक्त), १२. राष्ट्रिय जागरण परिषद्, नेपाल १३. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १४. नेकपा (बोल्शेविक), १५. राष्ट्रवादी केन्द्र, नेपाल, १६. एम.सी.सी. खारेज अभियान,
१७. पुष्पलाल अध्ययन समाज, १८. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १९. माक्र्सवादी एकता अभियान, २०. नेकपा (माक्र्सवादी), २१. नेकपा माक्र्सवादी (पुष्पलाल), २२. ने.क.पा. (माओवादी) र २३. समाजवादी राष्ट्रिय मञ्च, नेपाल ।

सी.पी. गजुरेल
(२३ राजनीतिक संगठनको कार्यगत एकताका तर्फबाट)

You might also like
Loading...