देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालद्वारा घर्ती प्रति श्रद्धाञ्जली व्यक्त

0 312

ईश्वरी प्रसाद गैरे ,दाङ
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङ जिल्ला समितिका उपाध्यक्ष निम बहादुर घर्ती मगरको बुवा देबीराम घर्ती मगरको १३अौ दिनको अबसरमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।

उक्त सभालाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेशका अध्यक्ष के बि गुरुङले भन्नुभयो”देबीराम घर्ती मगरको दुखद निधनले स्तब्ध भएको छु”।

साथै बिगतमा प्युठानमा उहाँ सङ्ग सङ्गै सहकार्य गरेको दिनहरु स्ममरण गर्दै देबीराम घर्ती प्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवार प्रति गहिरो समबेदना ब्यक्त गर्नु भयो ।

देशको वर्तमान राजनैतिक हलचल अर्थात् डब्बल नेकपाको सत्तामोह प्रति धारणा राख्दै खाली कुर्सीका खेलमा देश बर्बाद पारेकाले यिनिहरुबाट देशको निकास ननिक्लने ठोकुवा गर्दै संसदीय ब्यबस्था नै असफल भएकोले अबको बिकल्प संसद पुनःस्थापन नभइ संघिय जनगणतन्त्र भएको बताउनुभयो । उहाँले संघिय जनगणतन्त्र स्थापनाका लागि अगाडि बढन सबै देशभक्त नागरिकलाई अाब्हान गर्नुभयो ।

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माअोबादी) दाङका सचिव नरेन्द्र बञ्जाडे , देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङका सचिव ईश्वरी प्रसाद गैरे , स्थानीय समाजसेबि दुर्गा प्रसाद लगायतले शोकाकुल परिवारलाई समबेदना ब्यक्त गरेका थिए ।

नेकपा (क्रान्तिकारी माअोबादी) जिल्ला सदस्य गोपाल बैध्धले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता मोर्चाका उपाध्यक्ष निम बहादुर घर्तिले गर्नु भएको थियो ।

You might also like
Loading...