कैलालीमा नेपाल बन्दको प्रभाव: विद्रोही नेकपा(विप्लव)का नगर इन्चार्ज सहित तीन जना पक्राउ

0 273

धनन्जय अवस्थी – कैलाली । कैलालीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीनजना नेता–कार्यकर्ता पक्राउ परेका छन्। कैलालीको टीकापुरबाट विप्लव नेकपाका ३ जना कार्यकर्तालाइ पक्राउ गरेको कैलाली प्रहरीले जनाएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर विष्ट रहेका छन्।

सुदूरपश्चिममा बन्दको आंशिक प्रभाव परेको छ। प्रहरीले सार्वजनिक सवारी साधनलाई स्कटिङ गरेर गन्तव्यमा पुर्याइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। धनगढी, अत्तरिया लगायतका बजारहरु भने बन्द छन्।

You might also like
Loading...