संविधान नाउँको दस्तावेज:सौताको रिसले पोइको नाक काटेझै आगो झोसेर डढायौ

0 573

– धनेश्वर पोख्रेल -कविता (होसियार)
तिम्रो नाममात्रको सङ्घियता
त्यो पनि पोलेर खायौ
तिम्रो नाममात्रको धर्मनिरपेक्षता
त्यो पनि बेचेर खायौ
तिम्रो नांममात्रको समानुपातिक पर्तिनिधित्व
त्यो पनि ठगेर खायौ
तिम्रो नाममात्रको ढोङ्गी राष्ट्रियता
त्यो पनि मासेर खायौ
तिम्रो नाममात्रको सुखि नेपाली र समृद्द नेपाल
त्यो पनि राम्ररी देखायौ
तिम्रो चट्टानी एकता र पाचबर्षे लालमोहर
त्यो पनि छरपस्ट पार्यौ
लौ भन
ओ यमदुत
तिमिले कहाँ के बाकी राख्यौ।

निर्मला पन्तको हत्यारा पनि लुकायौ
ह्वाइटबडी काण्डका कङ्साकारलाई पनि छिपायौ
७० करोडकाे मतियार
गोकुल बास्कोटाको त कुरै नगरे भैगो
बालुवाटार बेच्ने
भु माफिया बिष्णु पौडेललाई समेत
रातो कार्पेट बिच्छ्याएर
मन्त्रालयमा बिराजमान गरायौ।

ह्वाइट हाउस अनि दिल्लीका जासुसको निर्देशनमा
तिम्रै बाक्यमा बिश्वमै अद्वितीय भनिएको
संविधान नाउको दस्ताबेज
च्यातचुत पारेर आफैले
सौताको रिसले पोइको नाक काटेझै
आगो झोसेर डढायौ
त्यति मात्रै कहाँ हो र
Mcc को नाउँमा
अमेरिकी सेना परेट खेलाउन नपाएर यस धर्तिमा
तिमिले यो धर्तिनै
आफ्नै बाबुको बपौति

आफ्नै आमाको दाइजो झै ठानेर
बुझाउन खोज्यौ आफ्नो मालिकलाई ।

द्वन्द
अस्थिरता
भद्रगोल
अनि
रक्तपात युद्ध थुपारेर यस धर्तिमा
यदि तिमी
एक्काइसौं सताब्दीको
हिटलर बन्ने सपना देखेका हौ भने
खबरदार!
तिम्रो सपना चकनाचुर पार्न
हिजोका तिम्रै शब्द सापटी लिएर
दशबर्षको युद्दकालमा
तिम्रै मालिकले भिराएको बिल्ला भिर्न तयार छौ हामी
राष्ट्रको खातिर
देश र जनताको मुक्तिको खातिर
हामी फेरी
तिम्रै शब्दमा “आतङ्ककारी´´बन्न तयार छौ ।
होसियार !
होसियार !!
होसियार!!!

You might also like
Loading...