सहकारी भित्रका विकृति,विसंगति र भ्रष्टाचारको अन्त्यका लागि मेरो उम्मेदवारी:धर्मराज रिजाल

हात्ती चुनाव चिन्हमा मतदान गर्न आग्रह

0 545

बर्दिया । बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिकामा केन्द्रीय कार्यालय रहेको विश्वाशिलो बचत तथा ऋण सहकारी संस्थाको यहि माघ १७ गते हुन गइरहेको निर्वाचनमा सहकारी भित्रका विकृति,विसंगति र भ्रष्टाचारको अन्त्यका लागि धर्मराज रिजाललाई भोट गर्न आग्रह गरिएको छ ।

सोमबार संस्थाको कार्यक्षेत्र रहेको सम्पूर्ण ठाउँमा गई सेयर सदस्यहरुसंगको भेटघाट र चुनावी प्रचारप्रसारका क्रममा हात्ती चुनाव चिन्हमा मतदान गरि संस्थाको हकहितका लागि आफुलाई जिताउन आग्रह गर्नु भएको हो ।

उहाँले भन्नुभयो:-”सहकारी संस्था भन्नाले किसान, मजदुर वा साना पूँजि भएका व्यवसायी वा उपभोक्ताहरूले साझा रूपमा मिलेर सबैको निम्ति उपभोग्य बस्तुको उत्पादन वा वितरण आदिको प्रवन्ध गर्ने र पूँजि तथा श्रम अनुसार मुनाफा बाँडिने एक संस्था हो । परन्तु वर्तमान समयमा सहकारीको नाममा विकृति भइरहेको छ ।” यस्ता विकृतिको अन्त्यका लागि सधै संघर्ष गरिरहने उहाँको भनाइ रहेको छ ।

समाजमा व्याप्त गरीबी, व्यापारिक एकाधिकारजस्ता आर्थिक एवं सामाजिक विसंगतिहरूको अन्त्य गरी सहकारीताको माध्यमबाट समाजका निम्न आयवर्गीय, गरीब जनसमुदायको जीवनस्तर उकास्न र उनीहरूलाई सामाजिक न्याय दिलाउन साथै सम्पूर्ण शेयर सदस्य हरुको पुँजीलाई नोक्सान हुनबाट जोगाउन रिजालले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

उहाँले उपलब्ध साधन स्रोतलाई सीमित वर्ग वा व्यक्ति विशेषमा मात्र एकत्रित हुन नदिई सबै वर्ग र व्यक्तिहरुमा समानरूपले आर्थिक उपलब्धिहरूको वितरण गरी सदस्यहरूलाई यस सहकारीको माध्यमबाट न्यायीक,आर्थिक,सामाजिक र शैक्षिक क्षेत्रमा समेत सहयोग पुर्‍याउने चाहना रहेको बताए ।

You might also like
Loading...