बाँकेमा केपी सरकारको प्रतिगामी कदमको विरुद्ध भव्य विरोध प्रदर्शन

0 278

बाँके । वर्तमान सत्ता , व्यवस्था र सरकारको विकल्पमा संघीय जनगणतन्त्र स्थापना गरौ भन्ने मूल नारा सहिद नेकपा ( क्रान्तिकारी माअोवादी) ले बाँके जिल्लामा केपी नेतृत्वको सरकारले गरेको प्रतिगामी कदमको विरोधमा नेपालगन्ज र खजुरामा विरोध सभा भव्य रूपमा सम्पन्न गरेको छ।

उक्त कार्यक्रम संसदीय ब्यवस्थाको विरुद्ध नाराजुुलुस सहितको र्याली प्रदर्शन गरि अन्ततः विरोध सभा गरेर सम्पन्न भएको छ ।

यस बिरोध सभालाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा बाँके – बर्दिया इन्चार्ज अर्जुनले संसदीय ब्यवस्था असफल भएको र यसको विकल्पमा संघीय जनगणतन्त्र स्थापनाका लागि देशभक्त एवं क्रान्तिकारीहरुले सशस्त्र संर्घष गर्ने अनुकूल समय भएको बताउनु भयो ।

कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटरी प्रेम थापाले उत्पीडित जनताको हकहित र अधिकारको लागि आवाज उठाउनु भयो । साथै यो सत्ता र व्यवस्थाले मजदुर,किसान र श्रमिकको अधिकार सुनिश्चित नगर्ने हुदाँ अब क्रान्तिकारी माओवादी पार्टीमा आबद्ध हुन सबैलाई अपिल गर्नुभयो । साथै यश कार्यक्रममा जनवर्गीय संगठन लगाएतको उपस्थिति रहेको थियो ।

You might also like
Loading...