अस्मिता जोगाउन फेरि लाउनै पर्नेभो खुकुरिमा धार सरकार उठ्दैन: बद्री सुवास

0 490

सुनिदैछ नेपाल अामाको चीत्कार सरकार उठ्दैन
बारबार भैरहेको छ बलत्कार सरकार उठ्दैन ।

आउ सपुतहरु हो हातेमालो गरौ अस्मिता जोगाउन
फेरि लाउनै पर्नेभो खुकुरिमा धार सरकार उठ्दैन ।

कि मरौला कि मारौला वीर गोर्खालिका सन्तान हामी
जाउ लगाउ सिमानामा साङ्ले बार सरकार उठ्दैन ।

एक थोपा रगत र एकजना जिउदो भएसम्म लडौ
ईतिहासमा हुनेछ यो दिन यादगार सरकार उठ्दैन ।

रोटि बेटिको सम्बन्ध हातिको देखाउने दात मात्रै हो
याहाका खोलानाला खनिज सङग छ प्यार सरकार उठ्दैन ।

आशा नगरौ कसैको अब हामी आफै उठ्नुपर्छ
धेरै नुन खाएर भएकोछ बिमार सरकार उठ्दैन ।                     -बद्री  न्यौपाने(सुवास )

You might also like
Loading...