बर्दियामा क्रान्तिकारी युवा लिग, नेपालको दोस्रो जिल्ला भेला सम्पन्न

0 428

बर्दिया । क्रान्तिकारी युवा लिग, नेपाल बर्दियाको   दोस्रो जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ । उक्त भेलाले कुमार काफ्लेको अध्यक्षतामा क्रान्तिकारी युवा लिंग नेपालको ११ सदस्यीय जिल्ला समिति निर्वाचित गर्यो ।
जसमा उपाध्यक्ष गायत्री घोडासैनी,सचिव भुवन तिमिल्सिना,सहसचिवमा संकर प्याकुरेल ,कोषाध्यक्षमा टोपबहादुर श्रीष,सदस्यहरु भिख्खु चौधरी, दिलबहादुर चौधरी,सुरज सुनार,प्रेम कुमार काफ्ले रहेका छन् ।

साथै क्रान्तिकारी युवा लिंग नेपालको नवनिर्वाचित समितिको बैठक बसी, जिल्लाका सम्वन्धित कमिटी गठन भएका ईलाका ततारूप्ताका साथ ब्यवस्थित गराउने, पालिका र वडा अनी शेल कमिटिहरू पुनर्गठित तथा ब्यवस्थापन गरी, राज्यमा भएको अनियमिता, बिकृति र निजिकरण, ब्यापारीकरण माफिया दलालहरू बिरूद्ध आन्दोलित भै होमिने निर्णयका साथ बैठक सम्पन्न भयो ।

पार्टीका पिविएम एवं लुम्बिनी प्रदेशका सचिव भुपेन्द्र न्यौपानेको प्रमुख अतिथ्येता, र पार्टी जिल्ला सचिव कं विपिन, क्रान्तिकारी युवा लिग, नेपालका महासचिव दिलबहादुर कठायत(भुकम्प)को अतिथ्येतामा उक्त भेला सम्पन्न भएको थियो । उक्त भेलाको संचालन कुमार काफ्लेले गरेका थिए ।

You might also like
Loading...