रणनैतिक संयुक्त मोर्चाले धनगढीमा विशाल जनसभा:क्रान्तिको झण्डा उठाउन उद्घोष

अबको बिकल्प जनगणतन्त्र/ बैज्ञानिक समाजवाद हुने दावी

0 719

कैलाली । नेकपा (क्रान्तिकारी माओवादी ) सहित चार दलिय रणनैतिक संयुक्त मोर्चाले धनगढीमा विशाल जनसभा कार्यक्रम सम्पन्न गरेको छ । मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल आहुतिको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी सम्लिीत संयुक्त रणनैतिक मोर्चाले धनगढीमा शुक्रबार विशाल जनसभा कार्यक्रम गरेको हो।

नेकपा (क्रान्तिकारी माओवादी) का सुदूरपश्चिम प्रदेश सेक्रेटरी रामबहादुर महराले जनगणतन्त्र संगै दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद निर्माणका लागि आज उक्त कार्यक्रम आयोजना गरिएको बताएका छन ।

नेकपा (क्रान्तिकारी माओवादी ) सहित चारवटा क्रान्तिकारी कम्युनिष्ट पार्टी सम्मिलित रणनैतिक संयुक्त मोर्चाका नेताहरुले संसदीय व्यवस्थाका विरुद्ध क्रान्तिको झण्डा उठाउने उद्घोष गरेका छन् ।

शुक्रबार धनगढीको चोकमा आयोजित जनसभामा बोल्दै उनीहरुले संसदीय व्यवस्था जनताको व्यवस्था नभई दलालहरुको भएको भन्दैं यसको अन्त्यका लागि क्रान्तिको झण्डा उठाउंने उद्घोष गरेका हुन । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले अबको बिकल्प जनगणतन्त्र/ बैज्ञानिक समाजवाद हुने दावी गरे ।

You might also like
Loading...