नेकपा (क्रान्तिकारी माअोबादी) दाङद्वारा: सहिद परिवारलाई सम्मान तथा अभिनन्दन

0 467

दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माअोबादी) दाङ देउखुरी जिल्ला समितिको अायोजनामा महान जनयुद्धका सहिद परिवारलाई सम्मान तथा अभिनन्दन कार्यक्रम गरिएको छ।

पार्टी सचिबालय सदस्य तिलक बि क को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि दाङ देउखुरी जिल्ला ईञ्चार्ज कमरेड समीर के सि ले देशको राजनीतिक परिवर्तनका लागि गरिने अान्दोलन जनयुद्ध लगायतका सङ्घर्षका कार्यक्रममा राज्यद्वारा गरिने दमनका बिरुद्धमा प्रतिरोध गर्दा जनयुद्धको विकास भएको र जनयुद्ध अहिले अाउदासम्म धनयुद्द मा परिनत भएको भन्दै जनयुद्धका मुख्य नेतृत्वको बिचलनका कारण जनयुद्ध पछाडि परेको जनता प्रति धोका भएको ,सहिदको सपना अधुरै रहेको अधुरो सपना पूरा गर्न पार्टी निरन्तर सङ्घर्षमा रहेको बताउनु भयो ।

सहिद ईन्द्र लाल चौधरी का बुवा सुन्दरलाल चौधरीले जनयुद्धमा हाम्रा संतानले दिएको बलिदान अहिले खेर गएको कुरा राख्दै सहिदका सपना पूरा गर्न क्रान्तिकारी माअोबादी अगाडि बढनुपर्ने कुरा राख्दै सरकारी माअोबादी का भ्रममा नपर्न सबैलाई अाग्रह गर्नुभयो ।

पुर्ब जिल्ला सचिब रामजि थारुले सहिद प्रति उच्च सम्मान गर्दै सम्पुर्ण स्वाभिमानी नेपाली फेरि एकजुट भई सहिदका सपना साकार पार्न अगाडि बढनुपर्ने कुरा राख्नुभएको थियोे । कार्यक्रममा सञ्चालन पदम प्रसाद अधिकारी ले गर्नु भएको थियोे भने स्वागत मन्तव्य  शुसिला अाचार्यले राख्नु भएको थियो ।

You might also like
Loading...