अनेरास्ववियु (क्रान्तिकारी)को द‍ोस्रो जिल्ला भेला सम्पन्न: शैक्षिक माफिया विरुद्ध संघर्ष गर्ने प्रतिवद्वता

0 422

बर्दिया । अनेरास्ववियु (क्रान्तिकारी) बर्दिया जिल्लाको दोस्रो भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो भेलाबाट चयन हुनु भएका पदाधिकारीहरुले बर्दियामा शैक्षिक माफिया विरुद्ध संघर्ष गर्ने प्रतिवद्वता गर्नु भएको छ ।

उक्त कार्यक्रम शनिबार ठाकुरबाबा नगरपालिका -१ भुरिगाउँ स्थित एक होटलमा भएको हो । उक्त भेलाले अध्यक्षमा गंगालाल न्यौपाने सहित अखिल क्रान्तिकारीको १७ सदस्यीय प्रत्यक्ष नीर्वाचीत जिल्ला समिति संगठन निर्माण गरेको छ ।

जसमा सचिव भुवन तिमिल्सैना, उपाध्यक्ष हेमन्त काफ्ले,कोषध्यक्ष पवित्रा श्रीस,सह- सचिव सारुल गुजर, सदस्यहरुमा चित्रराज न्यौपाने, दुर्गा खत्री,हिक्मत प्याकुरेल,अमृत चौधरी,मनोज काफ्ले,बसन्त काफ्ले,गौतम यादव,आस्था घोडासैनी,गंगा विक,मुना परियार,प्रकाश चौधरी,राजेश भुल रहेका छन् ।

सो कार्यक्रममा विशेष अतिथि पार्टीका केन्द्रीय सदस्य ईश्वर तिमिल्सिना, प्रमुख अतिथि संगठनका केन्द्रीय सचिव महेश श्रेष्ठ रहनु भएको थियो भने गंगालाल न्यौपानेको अध्यक्षतामा भुवन तिमिल्सैनाले कार्यक्रम संचालन गर्नु भएको थियो ।

You might also like
Loading...