अखिल नेपाल महिला संघ (क्रान्तिकारी )ले यसरी मनायो अन्तर्राष्ट्रिय 8 मार्च

0 597

दाङ । १११अौ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस 8 मार्च अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) दाङ देउखुरी समितिको अायोजनामा घोराहीको गोग्लीमा सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माअोवादी) पिविएम ,तथा लुम्बिनी प्रदेश सचिव प्रमुख अतिथि भुपेन्द्र न्यौपानेले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै १११ अौ महिला श्रमिक दिवसको राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्याख्या गर्दै अाजभन्दा १११ बर्ष पहिले अमेरिका शिकागो शहरमा समान ज्याला समान समय को माग राख्दै उठेको अान्दोल बिश्वब्यापी रुपमाअागो झै सल्कियो र विश्व हल्लायो भने हाम्रो नेपालको सन्दर्भमा नेपाली महिलाहरुले राणाकालीन समयको अान्दोलन ,पञ्चायती व्यवस्था बिरुद्ध को अान्दोलन तथा जनयुद्ध को समयमा नेपाली महिलाहरुले देखाएको विरताको इतिहास अतुलनीय रहेको व्याख्या गर्दै जनयुद्धका क्रममा २५००/- महिलाहरुले विरगति प्राप्त भएको र पितृसत्तात्मक सामन्तवादी राज्य ब्यवस्था उखेल्न अहम भुमिका रहेको कुरा राख्दै नारि दिवसको अवसरमा संगठित हुदै सङ्घर्षलाई नयाँ उचाइमा उठाउन अाग्रह गर्नुभयो ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) का केन्द्रीय सदस्य शुसिला अाचार्यले नेपाली महिला मुक्ति अान्दोलनमा सबै सहभागी हुनुपर्ने कुरा राख्दै नेपाली राजनीतिक अान्दोलनमा परिवर्तनका लागि महिलाहरुको महत्त्वपूर्ण भुमिका रहेकोले अबहुने नयाँ किसिमको अान्दोलनमा सम्पूर्ण महिलाहरुको उपस्थिति हुनुपर्नेमा जोडदिनुभयो ।

नेकपा (क्रान्तिकारी माअोवादी) जिल्ला सेक्रेटरी नरेन्द्र बञ्जाडे ,देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङ देउखुरीका अध्यक्ष ईश्वरी प्रसाद गैरे ,अखिल नेपाल किसान संघ केन्द्रीय सदस्य तथा सहिद परिवार सुन्दरलाल चौधरी ,अखिल नेपाल दलित मुक्तिमोर्चा केन्द्रीय सदस्य तिलक बि क ,अखिल नेपाली एकता समाज भारतका केन्द्रीय सदस्य केसब थापा लगाएतले वक्ताले मन्तब्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा स्वागत मन्तब्य अनेमसंघ (क्रान्तिकारी ) उपाध्यक्ष देबा बिष्ट ले गर्नुभएको थियो भने सञ्चालन अनेमसंघ (क्रान्तिकारी ) जिल्ला सदस्य मालता पोख्रेलले गर्नुभएको थियो ।

यसै गरि बाँके र बर्दियामा पनि १११ अौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरि मनाएका छन । साथै बाँके जिल्लामा भएको सो कार्यक्रमको संचालन बाँके जिल्ला पार्टीका सचिव चट्याङले र अध्यक्षता अनेमसंघ क्रान्तिकारीको प्रदेश सदस्यलक्ष्मी चौलागाईं , प्रमुख अतिथि अ ने कि महासंघका प्रदेश संयोजक प्रेम थापा,अतिथि प्रदेश समिति सदस्य मुकुन्द वलि रहनु भएको थियो ।

जिल्ला भेला अायोजक कमिटीका सयोजक चन्र्दा थापाको नेतृत्वमा ७ सदस्यीय कमिटी गठन गरिएको छ ।त्यसैगरी रुपन्देही जिल्लामा पनि विभिन्न कार्यक्रम गरि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अनेमसंघले मनाएको छ ।

You might also like
Loading...