राज्यले कोहलपुरका सुकुम्बासी माथि गरेको ज्यादती प्रति नेकपा(क्रान्तिकारी माअोवादी)द्वारा विरोध

सुकुम्बासीका समस्या सम्बोधन नगरे संघर्ष गर्ने चेतावनी

0 396

बाँके । नेकपा (क्रान्तिकारी माअोवादी) बाँके जिल्ला पार्टीले कोहलपुर नगरपालिका वडा नं. ११ शान्तिनगर टोलमा लामो समयदेखि बसोबास गर्दै आएका जनतामाथि राज्यले गरेको ज्यादतीको विरोध तथा भत्र्सना गरेको छ ।

आज उक्त पार्टीका जिल्ला सेक्रेटरी चट्याङ मास्टरले एक प्रेस विज्ञप्ति जारी गरि सरकारको सो कार्यको विरोध गरेको हुन्।

त्यस विज्ञप्तिमा भनिएको छ,”- त्यस बस्ती माथि वर्तमान प्रतिक्रियावादी संसदीय व्यवस्था, सत्ता र त्यसका मतियार लगाएत दलाल र भु- माफियाको ग्राइण्ड डिजाइनमा त्यहाँका जनताको बैकल्पिक बसोबासको व्यवस्था नगरी उठिबास लगाउने कु-चेष्टा गरिदैछ,यश मानवता विरोधी कार्यको विरोध तथा भत्सर्ना गर्दछौं ।”

यदि राज्यले अव्यवस्थित,भुमिहीन तथा सुकुम्बासीका समस्यालाई ठिक ढङ्गले सम्बोधन नगरे आफ्नो पार्टी त्यहाँका उत्पीडित जनतालाई साथमा लगि कडा संघर्षमा उर्तने चेतावनी दिएको छ ।

साथै उक्त विज्ञप्तिमा वर्तमान प्रतिक्रियावादी संसदीय व्यवस्था र सत्ताबाट अव्यवस्थित,भुमिहीन तथा सुकुम्बासीका समस्या मात्र हल नगर्ने नभई समग्र नेपाली जनता,राष्ट्रियता, जनतन्त्र तथा जनजीविका सम्बन्धि कुनै समस्याको हल नहुने ठोकुवा गर्दै भ्रममा नपर्न अपिल गरिएको छ ।     विज्ञप्तिको पूर्णपाठ:-

You might also like
Loading...