कोहलपुरमा चक्काजाम: राज्यले समस्याको निकास दिन नसक्दा यात्रुलाई सास्ती
बाँके । बाँकेको कोहलपुर नगरपालिका पिपल चौतारा नजिक ट्रकले पैदल यात्रीलाई ठक्कर दिदा उपचारको क्रममा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटना बुधबार राति करिब पौने नौ बजेतिर भएको हो ।
आज मृतकका अाफन्तले सडक अबरुद्ध गरि परिवारलाई रोजगारको व्यवस्था र बच्चालाई निशुल्क उच्च शिक्षा लगाएतका माग राख्दै कोहलपुर चौराहामा चक्काजाम गरेका हुन ।
कोहलपुर – नेपालगन्ज सडक अन्तरगत कोहलपुर १० पिपल चौतारा नजिकै ग्यास सिलिन्डर बोकेर दैलेख जाँदै गरेको भे १ क ११०० नम्बरको ट्रकले पैदल यात्री अन्दाजी ३८ बर्षको मुगु जिल्लाको सोरु गाउपालिकाका जयकर्न मल्ललाई ठक्कर दिएको हो ।
कोहलपुर ईलाका प्रहरी कार्यालयका अनुसार सम्बन्धित निकाय र मृतकका आफन्तबिच बार्ता भैरहेको जानकारी आएको छ ।