संसदवाद र संशोधनवादमा भुकम्प गयो:मोहन वैद्य किरण

शान्तिको युग होइन अब क्रान्तिको युग सुरु हुने दाबी

0 454

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले संसदवाद र संशोधनवादमा भुकम्प गएको बताउनु भएको छ । पार्टी र सम्बद्ध जवस मोर्चाको संयुक्त आयोजनामा सम्पन्न विरोध प्रदर्शनलाई सम्बोधन गर्दै महासचिवले प्रधानमन्त्री केपी ओलीले भनेजस्तो शान्तिको युग होइन अब क्रान्तिको युग सुरु हुने दाबी गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव किरणले नयाँ जनवाद हुँदै मुलुकमा वैज्ञानिक समाजवादको स्थापना नभएसम्म जनवर्गीय तथा मोर्चा संगठनहरुले उठाएका कुनै पनि मागहरुको वास्तविक सम्बोधन नहुने पनि बताउनु भयो ।

विरोधसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कम्युनिस्ट क्रान्तिकारीहरु संसदीय मूलधारमा होइन क्रान्तिकारी राजनीतिको मूलधारमा ध्रुवीकृत हुनु पर्दछ । यो ।”
संसदीय व्यवस्था मुलुकमा विद्यमान राष्ट्रिय स्वाधीनताको रक्षा, जनअधिकार तथा जनजाीविकाका समग्र समस्याहरुको समाधान दिन पूर्ण रुपमा असफल भइसकेकोले अब नयाँ जनवादी गणतन्त्र र वैज्ञानिक समाजवादले मात्र यी समस्याको वास्तविक समाधान दिने ठोकुवा गर्नुभयो । त्यसका लागि छरिएर रहेका सबै कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले अध्यक्षता गरेको विरोधसभाको सञ्चालन अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव हिरामणि दुःखीले गर्नुभएको थियो ।
विरोधसभालाई अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा. ओम गुरुङ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष अम्बिका मुड्भरी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना, क्रान्तिकारी युवा लिग नेपालका अध्यक्ष अमीर महर्जन, अखिल (क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, नेपाल दलित मुक्ति मोर्चाका संयोजक टेकबहादुर विक लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
विरोध सभाको बीच बीचमा सामना साँस्कृतिक परिवारका कलाकारहरुले क्रान्तिकारी गीतहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रम क्रान्तिकारी पार्टी र सम्बद्ध विभिन्न २१ वटा जवस मोर्चाको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रममा प्रायः जवस मोर्चाका नेताहरुको उपस्थिति रहेको थियो ।

विरोधसभा हुनपूर्व शान्तिबाटिकाबाट निस्किएको विरोध ¥याली पुरानो बसपार्क, भद्रकाली, सहिद गेट सुन्धरा, वायुसेवा निगम, न्यूरोड, वीर अस्पताल हुँदै पुनः रत्नपार्क शान्तिबाटिकामा पुगेर विरोधसभामा परिणत भएको थियो ।

You might also like
Loading...