अनेरास्ववियु (क्रान्तिकारी )को संगठन विस्तार: शैक्षिक माफियालाई कारबाही गर्ने चेतावनी

0 374

दाङ । दाङ जिल्ला देउखुरी क्याम्पसमा  नेकपा(क्रान्तिकारी माअोवादी) सम्बद्व अनेरास्ववियु (क्रान्तिकारी )को संगठन विस्तार भएको छ । सोमबार  एघार सदस्यीय संगठन निर्माण भएको हो ।

जस अन्तरगत अध्यक्षमा अोमनारायण सुवेदी,उपाध्यक्षमा दयाशंकर थारु,सचिव निर्मला सुनार,कोषाध्यक्ष भवि खड्का,सदस्यहरु ज्ञानु थापा क्षेत्री,स्मृति चौधरी,जगनारायण चौधरी,बविता चौधरी,सुरेश चौधरी,कमलेशजंग चौधरी रहनु भएको छ ।

सो कार्यक्रममा वक्ताहरुले बोल्दै शैक्षिक माफियाहरुलाई कारबाही गर्न देशैभरि विद्यार्थी संगठनको निर्माण गरि शसक्त आन्दोलन गर्ने बताएका छन ।

उक्त कार्यक्रममा प्रमुख अतिथि पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपाने,दाङ जिल्लाका इन्चार्ज समिर, थारु राष्ट्रिय मुक्तिमोर्चाका महासचिव रामजी चौधरी, क्रान्तिकारी युवा लिंग नेपालका महासचिव दिल बहादुर कठायत,क्रान्तिकारी किसान महासंघका लुम्बिनी प्रदेश संयोजक प्रेम थापा,दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सुकुम्बासी संयोजक तिलक बिक,दाङ जिल्लाका देजमोका उपाध्यक्ष बिष्णु पोख्रेल लगाएतको उपस्थिति थियो ।

You might also like
Loading...