पाल्पामा नेकपा ( क्रान्तिकारी माओवादी )को तिव्र रुपमा संगठन विस्तार

0 379

पाल्पा । नेपाल  कम्युनिस्ट  पार्टी ( क्रान्तिकारी माओवादी ) पोलिट ब्यूरो सदस्य  तथा लुम्बिनी  प्रदेश  इन्चार्ज  प्रेम सुबेदीको प्रमुख  आथित्य र केन्द्रीय  सल्लाहकार मानध्वजको बिशेष  उपस्थितमा पुर्वखोला गाउँ पालिकाको अल्किमा पार्टीको ३ सदस्य  सेल कमिटि गठन भएको छ ।

त्यस कमिटीको सेक्रेटरी  आम बहादुर सुनाखरी र सदस्यमा अर्जुन  परियार , सुन्दर परियार  रहनु भएको छ ।

त्यस्तै गाउको भेलाद्वारा देशभक्त  जनजणतान्त्रिक मोर्चा , नेपालको अल्किचौरमा नेत्र बहादुर शाहीको अध्यक्षतामा गाउँ  कमिटी गठन भएको छ । जसको  उपाध्यक्ष सागर पगेनी,सचिव सुन्दर परियार र कोषाध्यक्ष बिष्णु सुनाखरी चयन हुनुभएको छ । सदस्यहरुमा घन बहादुर सुनाखरी , कुल ब सुनाखरी ,मीन ब हिस्की ,जीवनाथ भारती , शालिकराम  पगेनी  टेक ब बाह्रघरे ,दुर्गा ब आले  कुल प्रसाद गिरि  र अर्जुन  परियार रहनु भएको छ।

उक्त कार्यक्रमको संचालन मीन गिरीले गर्नु भएको थियो ।भेला सफलताको शुभकामना दिदै प्रमुख  अतिथि प्रेम सुबेदीले अहिलेको राजनैतिक  परिस्थिति, पार्टीले खेल्नु पर्ने भुमिकाको बारेमा चर्चा गर्नु भएको थियो ।

बिशेष  गरेर संसदीय ब्यबस्थाको असफलतामा उसको अन्तर्निहित चरीत्र नै मुख्य  रहेकोले  त्यो ब्यबस्थाबाट देश र जनताको वास्तविक हक हित हुन नसक्ने भएकोले त्यो ब्यबस्थाको अन्त्य र सघीय जन गणतन्त्रको स्थापना  अनिवार्य  बन्न गएको बताउनु भयो ।

You might also like
Loading...