नेकपा(क्रान्तिकारी माअोवादी)ले मनायो साँस्कृतिक प्रतिरोध दिवस: जुलुस सहित जनसभा

0 594

दाङ ।  नेकपा(क्रान्तिकारी माअोवादी)ले २३ अौ साँस्कृतिक प्रतिरोध दिवस तथा जनसभा कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी  भालुबाङ्गमा भव्य  रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम भालुबाङ्गगमा चैत्र ५ गते लुम्बिनी प्रदेश समितिको आयोजनामा भएको  हो ।

प्रतिक्रियावादी सत्ता,संसदीय व्यवस्था र पश्चगामी संविधान खारेज गरौँ ! संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्ष गरौँ !! लगाएतका नारा सहित जुलुस गरेर सो कार्यक्रम जनसभामा परिणत भएको थियो ।

उक्त कार्यक्रम पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचिव  भुपेन्द्र न्याैपानेक‍ो अध्यक्षतामा भएको थियो ।सो कार्यक्रमको संचालन पार्टीका दाङ जिल्ला इन्चार्ज समिर केसीले गर्नु भएको थियो । स्वागत मन्तव्य टिकाराम पौडेलले राख्नु भएको थियो ।

प्रमुख अतिथि  पार्टीका पिविएम एवम् लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुवेदी विषेश अतिथि देजमो,नेपालका केन्द्रीय उपाध्यक्ष केवी गुरुङ,अतिथि  अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका महासचिव धनेश्वर पाेख्रेल, पिताम्बर आचार्य ,दिलबहादुर कठायत,रामजी चौधरी ,महेश श्रेष्ठ ,तिलक बिक,राजु भुजेल, निमकला पुन,दलबहादुर घन्त्याल,टेक मास्कि, सौगात सामर,माधव खनाल लगायत रहनु भएको थियो ।

आन्तरिक रुपमा दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवाद र बाह्य रुपमा साम्राज्यवादी तथा भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादमा फड्का हान्ने उद्देश्यले उक्त पार्टीले गतिविधि बढाई रहेको छ ।

आज नेपाली क्रान्तिले धक्का अवश्य खाएको छ, तर क्रान्तिको प्रक्रिया रोकिएको छैन । सो पार्टी आजसम्म सर्वहारा वर्गले विश्वभरि आर्जन गरेका क्रान्तिका सकारात्मक तथा नकारात्मक अनुभवहरुबाट पाठ सिक्दै र माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले प्रयोग गर्दै नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको छ ।

You might also like
Loading...