संसदीय व्यवस्था थप संकटमा

जनतामा आलोचनात्मक चेतको बिकास हुन जरुरी

0 481

-प्रेम सुवेदी

एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतले पुनस्र्थापन गरेपछि नेपालको संसदीय राजनीति थप संकट्ग्रस्त बन्दै गएको छ । तर, संसदीय ब्यवस्थाको विकल्पमा मुख्यत क्रान्तिकारी कम्युनिस्टहरु , देशभक्त जनतन्त्रिक र प्रगतिशील शक्ति तथा उत्पीडित वर्ग ,समुदाय ,लिङ्ग र क्षेत्रका जनताहरुको संगठन र एकता अहिले पनि कमजोर रहेकोले संसदीय ब्यवस्थाको अस्तित्व कायम रहेकोे हो । संसदीय ब्यवस्थाको औचित्य र सान्दर्भिकताप्रती स्वयं त्यसका पक्षधर शक्तिहरु पनि प्रश्न गर्ने ठाउँमा पुगिसकेका छन । यो अबस्थामा कम्युनिस्ट क्रान्तिकारीहरुले एकताको लागि सचेत पहल गर्दै , प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध तथा राष्ट्रियता ,जनतन्त्र जनजीबिका पक्षमा सघर्षलाइ घनिभुत पार्नु आजको आवस्यकता हो ।तर , त्यो कुरा त्यति सजिलो र सहज छैन । कम्युनिस्ट आन्दोलनप्रती जनताको ब्यापक समर्थन रहदा रहदै पनि आलोचनात्मक चेतको बिकास हुन सकेको छैन जसले गर्दा सहि र गलतका आधारमा निर्णय गर्ने कुरामा त्यति ध्यान पुगेको देखिदैन । जसले गर्दा कम्युनिस्ट आन्दोलनप्रती कायम रहेको जनमत प्राय: प्रतिक्रियावादी राज्यसत्ताको पक्षमा उपयोग हुँदै आएको छ । यसरी कम्युनिस्ट आन्दोलनप्रती कायम रहेकोे जनमत उपयोग हुनुमा कम्युनिस्ट क्रान्तिकारीहरुको पनि कति सिमा र कमजोरी छन ? त्यो बिसयमा गम्भीर हुन जरुरी छ ।जवसम्म त्यो जनमतलाइ सहि ढङ्गले सचेतापुर्वक परिचालन गर्न सकिँदैन तबसम्म कम्युनिस्ट आन्दोलनले सहि दिशा समात्न सक्दैन

कम्युनिस्ट आन्दोलनबाट च्युत भएका शक्तिहरु एमाले ,माओवादी केन्द्र लगायत कतिपय पक्षहरूले अहिले पनि कम्युनिस्ट आन्दोलनको नाममा भ्रम सिर्जना गर्दै आएका छन र त्यो प्रक्रिया नयाँ नयाँ रुपमा अहिले पनि कायम छ । कम्युनिस्ट आन्दोलनको इतिहासमा सन १९५६ देखि जसरी शान्तिपुर्ण तरिकाले राज्यसत्ता कम्युनिस्टहरुले प्राप्त गर्न सक्दछन भन्ने मान्यतालाई स्थापित गर्ने कोसिस हुँदै आयो, तर ब्यवहारत त्यो कुरा बारम्बारको असफलताले गलत साबित गरेको छ। तर पनि कैयौ पार्टीहरुले त्यो गलत बाटो समात्दै आए ।र, अहिले पनि त्यो प्रवृत्ति हाभिहुदै आएको छ । अहिले सम्मका अ असफलता बाट पाठ सिक्नेतिर भन्दा पनि त्यो प्रवृत्तिलाई पुनराबृती गर्ने सोचाइहरु अद्द्यावधी कायम छन। त्यो प्रवृत्तिलाई निरुत्साहित गर्ने काम हुन सकिरहेको छैन । त्यसका लागी एकातिर त्यो गलत प्रवृत्तिका विरुद्ध निर्मम सघर्ष गर्न जरुरी छ भने अर्कोतिर आजको समग्र विश्वमा भएका नयाँ खोज अनुसन्धान र प्रबिधिहरुको आधारमा आफ्ना नीति र कार्यक्रमलाई बैचारिक रुपमा बिकास गर्न जरुरी छ । निश्चय नै प्रबिधिमा भएको विकासलाइ मात्र आधार बनाउने दृष्टिकोणले पुग्दैन र आधारभुत बिषय बिचारधारत्मक पक्ष नै हो ।

तसर्थ , आजको नेपालको कम्युनिस्ट आन्दोलनलाई सहि दिशामा बिकास गर्न तथा राज्यसत्ता जनताको हातमा लिनका लागि विचारधारात्मक सघर्षका साथै भौतिक र प्राबिधिक पक्षमा पनि त्यत्तिकै ध्यान पुग्न जरुरी छ। यदि यी बिषयमा ध्यान पुगेन र कुनै एउटा बिषयमा मात्र सिमित हुन पुगियो भने त्यसले आजको कम्युनिस्ट आन्दोलनलाई नेतृत्व गर्न सम्भव हुदैन । कम्युनिस्ट आन्दोलनलाई बैचारिक हिसाबले एकीकृत गर्न तथा अहिलेका चौनतीलाई सामना गर्न योग्य पार्टीको निर्माण गर्नु नै अहिलेको राष्ट्रिय आवश्यकता हो ।

You might also like
Loading...