गोपाल जि.एमको किन बढ्यो तापक्रम ? हेर्नुस् भिडियोमा

0 1,239

बाँके । धेरै लामो समयदेखि मौलिक लोकगीतको रचना साथै आवाज दिदै आएका गायक गोपाल जिएम केही समय यता फरक शैलीका गीतहरु बजारमा ल्याईरहेका छन । साथै दर्शकको माया पनि उत्तिकै पाएका छन । युवा पुस्ताका ढुकढुकी समेत रहेका उनी सधै अरु भन्दा फरक गीत संगीत सृजना गर्न रुचाउँछन् ।

यसैबीच, मंगलबार रिलिज भएको “तापक्रम” बोलको गीतमा उनकै आवाज रहेको छ भने उनलाई कमला गुरुङले साथ दिएकी छन्।

सो गीतको भिडियो धेरै उत्कृष्ट रहेको छ। दर्शकहरुले अत्याधिक रुचाउने विश्वास रहेको छ। उक्त गितको भिडियोमा नरेश एमसि र स्नेहा पाण्डे लगाएतका कलाकार रहनु भएको छ ।

व्यवसायिक भन्दा पनि समाज रुपान्तरणका लागि धेरै गीत निर्माण गरेका छन गोपाल जिएमले तर यो गित भने अलि भिन्न रहेको छ।

उक्त तापक्रम बोलको गीतको भिडियो नरेश एमसिको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ। हेर्नुस् भिडियो..[

 

You might also like
Loading...