बाँकेको नरैनापुरमा आगलागी: नेकपा(क्रान्तिकारी माअोवादी)द्वारा पीडितलाई क्षतिपूर्ति दिन माग

0 409

बाँके । नेकपा(क्रान्तिकारी माअोवादी)पार्टी बाँकेले नरैनापुरमा भएको आगलागीबाट जनतामा परेको समस्याको तत्काल निकास दिन सम्बन्धित निकायसँग अनुरोध गरेको छ। पार्टीका जिल्ला सेक्रेटरी चट्याङले प्रेस विज्ञप्ति जारी गरि सो दुखद घटनाका पीडितलाई उपयुक्त राहत दिन सरकारलाई दवाव दिएका हुन् ।

बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नम्बर ४ मा आगलागी हुँदा ८० बढी घरगोठ जलेर नष्ट भएका छन् । उक्त दुखद आगलागीबाट मानवीय क्षति नभएता पनि धनजनको धेरै क्षति भएको प्रहरीले जनाएको छ ।सो घटना शनिबार साँझ करिब ४ बजेतिर घटेको हो ।

सुरक्षाकर्मी र स्थानीयवासीको पहलमा दमकलको सहायताले आगो नियन्त्रणमा लिएका थिए । उक्त आगलागीबाट तीन जना महिला घाइते भएका छन्। उनीहरूको नेपालगन्जमा उपचार भइरहेको छ।

You might also like
Loading...