कोहलपुरमा देजमो, नेपालको आयोजनामा विशाल जनसभा हुँदै: को-को आउँदै छन वक्ताहरु ?

0 627

बाँके । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लुम्बिनी प्रदेश समितिले चैत्र चौबीस गते ३२ अौँ राष्ट्रिय जनआन्दोलन दिवसको अवसर पारेर  भव्य जनसभा  कार्यक्रम कोहलपुरमा आयोजना गरेको छ।

विद्दमान जनविरोधी सत्ता र व्यवस्थाको विकल्प खोजौँ,संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्ष गरौँ भन्ने मुल नाराका साथ जुलुस प्रदर्शन सहित जनसभा गर्ने कार्यक्रम तय भएको लुम्बिनी प्रदेशका पार्टी सेक्रेटरी भुपेन्द्र न्यौपानेले जनपथ खबरसंग बताएका छन।

उनका अनुसार दाङ, बाँके र बर्दियाको जनमास जम्मा गरेर बाँकेको कोहलपुरमा जनसभा गर्ने र कार्यक्रम स्थलभन्दा टाढाका जिल्लाहरुको जिल्लाको सापेक्षतामा विकेन्द्रित रुपमा पनि जनआन्दोलन दिवस मनाउने तयारी भए पनि प्रदेश स्तरको केन्द्रिकरणमा कोहलपुरमा जनसभा गर्ने तयारी गरिएको हो ।

चैत्र २४ को यही जनसभालाई लक्षित गरी लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा पार्टी, देजमो, जवस मोर्चाका भेलाहरु मार्फत् संगठन विस्तारका कामहरु भइरहेको समेत जानकारी गराएका छन।

उक्त कार्यक्रमलाई पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुवेदी,देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष केबि गुरुङ र पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपाने लगाएतका नेताहरुले सम्बोधन गर्नेे भएका छन ।

You might also like
Loading...