बर्दिया अपडेट: मनुषा टिका सिंह थापा बहुमुखी क्याम्पसमा अखिल ( क्रान्तिकारी )को संगठन विस्तार
शैक्षिक माफियालाई कारबाही गर्ने चेतावनी
बर्दिया । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माअोवादी) निकट अखिल (क्रान्तिकारी )ले बर्दियामा संगठन विस्तार गरेको छ। चैत्र २५ गते एक कार्यक्रमका बीच उक्त कमिटी निर्माण गरेको हो ।
ठाकुरबाबा नगरपालिका भुरिगाँउ स्थित मनुषा टिका सिंह थापा बहुमुखी क्याम्पसमा अखिल ( क्रान्तिकारी )ले आफ्नो संगठन विस्तार गरेको हो।
वर्तमान परिस्थितिमा शैक्षिक माफियाहरुले गरि रहेको चलखेल एवं बिद्यार्थी आन्दोलन प्रतिको दमनलाई रोक्न सम्झौताहीन संघर्ष गर्ने प्रतिबद्धता सहित देशभर अखिल(क्रान्तिकारी )ले संगठन विस्तार गरिरहेको छ ।
त्यसै क्रममा आज मनुषा टिका सिंह थापा बहुमुखी क्याम्पसमा जीवन थारुको अध्यक्षतामा ४१ सदस्यीय मुलइकाई कमिटी गठन भएको छ। जसमा उपाध्यक्षमा मनोज थारु,सचिवमा वविता विष्ट,कोषाध्यक्षमा कल्पना तिमिल्सिना,सह- सचिवमा लक्ष्मी शाही, सदस्यहरु प्रगति थारु,अन्तराम थारु,पुजा चौधरी र सरस्वती थारु लगाएत रहनु भएको छ।
उक्त नवनिर्वाचित कमिटीले जनविरोधी सत्ता र व्यवस्थाको विकल्प खोजौँ,संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्ष गरौँ भन्ने मुल नारालाई आत्मसात गर्दै आफुहरु संघर्ष गर्न तत्पर रहेको प्रतिबद्धता समेत जनाएको छ।
उक्त कार्यक्रममा पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपाने, अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिव महेश श्रेष्ठ,अखिल(क्रान्तिकारी)का लुम्बिनी प्रदेश सदस्य मनोज थापा, पार्टीका जिल्ला सदस्य एवम् ठाकुरबाबा नगरका सचिव भिम प्रसाद जैसि अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष गंगालाल न्यौपाने, जिल्ला सचिव भुवन तिमिल्सिना लगाएत उपस्थित हुनु भएको थियो ।