बर्दिया अपडेट: चुरे मा.बि.बग्नाहामा अखिल ( क्रान्तिकारी )को संगठन विस्तार

0 621

बर्दिया । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माअोवादी) पार्टी निकट अखिल (क्रान्तिकारी )ले बर्दियामा तीव्र रुपमा संगठन विस्तार गरेको छ।

यही चैत्र २५ गते ठाकुरबाबा नगरपालिका बग्नाहा स्थित चुरे मा.बि.मा अखिल ( क्रान्तिकारी )ले आफ्नो संगठन विस्तार गरेको हो।

वर्तमान परिस्थितिमा शैक्षिक माफियाहरुले गरि रहेको चलखेल एवं बिद्यार्थी आन्दोलन प्रतिको दमनलाई रोक्न सम्झौताहीन संघर्ष गर्ने प्रतिबद्धता सहित देशभर अखिल(क्रान्तिकारी )ले संगठन विस्तार गरिरहेको छ ।

त्यसै क्रममा आज चुरे माबि. बग्नाहामा मन बहादुर थापाको अध्यक्षतामा ५१ सदस्यीय इकाई कमिटी गठन भएको छ। जसमा उपाध्यक्षमा वेविना ढकालर मनिषा बुढा,सचिवमा हृदया कुमारी रावल,कोषाध्यक्षमा दीक्षा जैशि,सह- सचिवमा कृष्णप्रसाद न्यौपाने र रिमा कुमारी बुढा लगाएत रहनु भएको छ।

उक्त नवनिर्वाचित कमिटीले जनविरोधी सत्ता र व्यवस्थाको विकल्प खोजौँ,संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्ष गरौँ भन्ने मुल नारालाई आत्मसात गर्दै आफुहरु संघर्ष गर्न तत्पर रहेको प्रतिबद्धता समेत जनाएको छ।

उक्त कार्यक्रममा पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपाने, अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिव महेश श्रेष्ठ,अखिल(क्रान्तिकारी)का लुम्बिनी प्रदेश सदस्य मनोज थापा, पार्टीका जिल्ला सदस्य एवम् ठाकुरबाबा नगरका सचिव भिम प्रसाद जैसि अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष गंगालाल न्यौपाने, जिल्ला सचिव भुवन तिमिल्सिना लगाएत उपस्थित हुनु भएको थियो ।

You might also like
Loading...