बर्दियामा विप्लव नेतृत्वको नेकपा निकट अखिल( क्रान्तिकारी )को जिल्ला सम्मेलन सम्पन्न

0 725

बर्दिया । नेपाल  कम्युनिस्ट पार्टी नेकपा निकट अखिल ( क्रान्तिकारी) बर्दियाको अध्यक्षमा हरि शंकर प्याकुरेल निर्वाचित भएका छन ।दलाल पुजीवादी  शिक्षा प्रणालीको विरुद्ध हाम्रो आन्दोलन !सुदृढ संगठन र बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २० औं जिल्ला सम्मेलन !! भन्ने मुल नारा सहित अखिल ( क्रान्तिकारी) बर्दिया जिल्लाको मधुवन नगरपालिका स्थित तारातालमा जिल्ला सम्मेलनबाट प्याकुरेलको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ ।

शुक्रवार सम्पन्न सम्मेलनमा अखिल ( क्रान्तिकारी ) का केन्द्रिय सचिवालय सदस्य तथा भेरी कर्णाली ब्यूरो संयोजक हर्क बाहादुर बि क रहेका थिए भने विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टी बर्दिया जिल्ला इन्चार्ज बिकास रहेका थिए । सम्मेलनको उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि हर्क बाहादुर बि क ले नेपालमा दुई प्रकारको शिक्षा प्रणाली रहेको भन्दै शैक्षिक क्षेत्रमा रहेका असामानताको अन्त्य हुनु पर्ने बताए ।

एकीकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजवादी शिक्षा लागू हुन जरुरी छ भन्दै नेपालका नागरिकले आफ्नो सारा सम्पत्ति बेचबिखन गरेर पनि आफ्ना छोराछोरी लाई डाक्टर इन्जिनियर बनाउन नसकिने अबस्था रहेको भन्दै प्राबिधिक शिक्षा सर्ब सुलभ गुणस्तरीय र सबै जनता को पहुँच मा हुनु पर्ने बताए ।

उक्त सम्मेलनलाई सम्बोधन गर्दै बिशिस्ट अतिथि तथा नेकपा बर्दिया जिल्ला इन्चार्ज बिकास ले दलाल संसदीय ब्याबस्थाका कारण देशमा अस्थिरता, भ्रष्टाचार ,कालोबजारी ,महङ्गी बढिरहेको बताउदै यसको अन्त्य का लागि सम्पुर्ण जनता लाई एकजुट हुन अनुरोध गरे बिद्यार्थी शिक्षित र सचेत बर्ग भएको भएको भन्दै यसको नेतृत्व बिद्यार्थी संगठन ले लिनुपर्ने उनको भनाइ थियो ।

यस्तै राष्ट्रिय जागरण मंचका केन्द्रिय प्रतिनिधि देवकला अधिकारी ,अखिल क्रान्तिकारी केन्द्रिय सदस्य प्रेम शाही अखिल ( क्रान्तिकारी) बर्दिया र सुर्खेत जिल्ला इन्चार्ज लोकेश जोशि नेकपा मधुवन नगर इन्चारज क. केशर सिह गुलरिया नगर इन्चार्ज घर्ती, क.बलवान् ठाकुर बाबा नगर इन्चार्ज ,क. राजेन्द्र बासगडी र बडैयाताल नगर ,क.पुर्वक राजापुर र गेरुवा नगर इन्चार्ज , जनवादी कलाकार बिमला बि क, क. शक्ति र क. राम बि क लगायतका अतिथिहरुले सम्मेलन सफलताको सुभकामना ब्यक्त गरेका थिए ।

सम्मेलनले हरि शंकर प्याकुरेलको अध्यक्ष,सन्तोष कार्की उपाध्यक्ष ,नवराज बि क सचीव ,बलराम भण्डारी सह सचिव ,ममता भण्डारी कोषाध्यक्ष प्रेम ओलि,रमेश प्याकुरेल , मंजु नेपाली ,मकर कठायत , लक्ष्मण मल्ल,पुर्णिामा सुनार,राजबिक्रम बोहरा ,सलमान कुरेशी ,बिपिन भारती, बिरोचन थारु , मंजु बि क , राहुल गुरुङ , रेणुका,थापा ,हिमाल भण्डारी , रोहित थारु बसन्ता रोकाया,सदस्य रहेको२१सदस्यीय जिल्ला समिति चयन गरेको रमेश प्याकुरेलले जानकारी दिनु भयो ।

उक्त सम्मेलनको अध्यक्षता र संचालन हरि शंकर प्याकुरेलले गर्नु भएको थियो । सम्मेलन को समापन गर्दै प्याकुरेलले बर्दिया जिल्लाका थारु मुस्लिम , जाति जनजाति , र अल्पसंख्यक समुदायका आर्थिक अवस्था कम्जोर भएर बिद्यालय सम्म पुग्न नसकेका बिद्यार्थी भाइ बहिनी हरुलाइ पठनपाठनको लागि शैक्षिक सरोकार वाला निकाय सम्म पहल गर्ने प्रतिबद्धता जनाए र बर्दिया जिल्लाको शैक्षिक आन्दोलन लाई थप उचाइमा पुर्याउने आत्म बिश्वास ब्यक्त गरेका थिए ।

You might also like
Loading...