क्रान्तिकारीहरुको ध्रुवीकरण: राजापुरमा संगठन विस्तार

0 437

बर्दिया । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माअोवादी) पार्टीले बर्दियामा तीव्र रुपमा संगठन विस्तार गरेको छ।

यही चैत्र २९ गते राजापुर नगरपालिका स्थित श्रीलंका गाउँमा दिनेश बोहोराको संयोजकत्वमा सात सदस्यीय सेल कमिटी गठन गरेको हो। जसमा सदस्यहरु पवनअहुची,अनिल बोहोरा, जगत बोहोरा,मनबहादुर बि.क.,इन्द्र दमाई ,जनक बोहोरा लगाएत रहनु भएको छ।

वर्तमान राज्य सत्ताको विकल्प दिन सम्झौताहीन संघर्ष गर्ने प्रतिबद्धता सहित देशभर पार्टीले संगठन विस्तार गरिरहेको छ ।

उक्त नवनिर्वाचित कमिटीले जनविरोधी सत्ता र व्यवस्थाको विकल्प खोजौँ,संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्ष गरौँ भन्ने मुल नारालाई आत्मसात गर्दै आफुहरु संघर्ष गर्न तत्पर रहेको प्रतिबद्धता समेत जनाएको छ।

उक्त कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटरी विपिन र युवा लिग नेपालका जिल्ला अध्यक्ष लवकुमार काफ्ले , प्रेम काफ्ले र धनबहादुर लगाएत उपस्थित हुनु भएको थियो ।

You might also like
Loading...