नेकपा(क्रान्तिकारी माअोवादी)ले संयुक्त मोर्चा तथा कार्यगत एकताद्वारा संघर्षका कार्यक्रम गर्ने

0 392

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले २०७८ सालको बैशाख र जेठमा दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीको चैत २८ र २९ गते बसेको पोलिटब्युरो बैठकले सङ्गठन र सङ्घर्षसम्बन्धी कामबारे उक्त निर्णय लिइएको महासचिव किरणले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भारतीय विस्तारवादद्वारा अतिक्रम गरिएको लिम्पियाधुरा, कालापानी तथा लिपुलेक सहित विशाल भूभागलाई फिर्ता गराउनेबारे गम्भरितापूर्वक आवश्यक पहल नै नगरेको, राष्ट्रपतिद्वारा विभूषण/पदक प्रदान गर्ने प्रक्रियामा भारतद्वारा मिचिएको उक्त भूभागको पुरानै नक्सालाई कायम गरिएको र एमसीसी सम्झौता संसदमा पारित गराउने धृष्टता गरिँदै आएकोमा नेकप(क्रान्तिकारी माअोवादी) पार्टीले सरकारको कडा विरोध तथा भत्र्सनाका साथै, देशको राष्ट्रिय स्वाधीनताको सङ्घर्षलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनका लागि सम्पूर्ण देशभक्त राजनीतिक शक्ति र आम जनसमुदायमा हार्दिक अपिल समेत गरेको छ।

देशको राष्ट्रिय स्वाधीनताको रक्षा, मजदुर, किसान, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम सहितका उत्पीडित वर्ग तथा जनसमुदायका हक, अधिकारको प्राप्ति, बेरोजगारी सहित जनजीविकाका समस्याको समाधान, भ्रष्टाचार कमिसनतन्त्र, महङ्गी, महिलाहरुको बलात्कार तथा हत्याको विरोध लगायतका विषयलाई लिएर विकेन्द्रित तथा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने उक्त बैठकले निर्णय गरेको छ।

बैठकले वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्था आर्थिक, राजनीतिक एवम् सांस्कृतिक रुपमा सङ्कटग्रस्त बन्दै गएको, संसदीय व्यवस्था तथा कम्युनिस्ट नामधारी संशोधनवादी शक्ति गम्भीर सङ्कट तथा विभाजनमा फसेको वर्तमान अवस्थामा देश र जनताका हक, हित तथा मुक्तिका लागि नयाँ जनवादी राज्यसत्ता अर्थात् सङ्घीय जनगणतन्त्रको स्थापना र वैज्ञानिक समाजवादको विकल्पलाई सशक्त रुपमा अगाडि बढाउने र संयुक्त मोर्चा तथा कार्यगत एकतामा सम्मिलित राजनीतिक दलहरूद्वारा सङ्घर्षका कार्यक्रमहरु सञ्चालन गर्नका लागि आवश्यक पहल गर्ने,सबै प्रदेशहरूमा पार्टीको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, एमसीसीको विरोध गर्नेलगायतका निर्णय पनि गरेको छ ।

You might also like
Loading...