राष्ट्रिय उद्योग व्यापार व्यवसायी महासंघ लुम्बिनी प्रदेश समितिको भेला सम्पन्न

0 559

दाङ । राष्ट्रिय उद्योग व्यापार व्यवसायी महासंघ लुम्बिनी प्रदेश समितिको प्रथम भेला सम्पन्न भएको छ । उक्त भेलाले चन्द्र रोकाको संयोजकत्वमा १७ सदस्यीय समिति चयन गरेको छ । सो कार्यक्रमको संचालन चन्द्रले गर्नुभएको थियो ।

त्यस कार्यक्रममा पिताम्बर पुनको अध्यक्षता तथा नेकपा ( क्रान्तिकारी माओवादी ) का पिवीएम एवं लुम्बिनी प्रदेशका इन्चार्ज कमरेड प्रेम सुवेदीको प्रमुख अतिथ्यता तथा पार्टीका पिवीएम एवं लुम्बिनी प्रदेशका सचिव भुपेन्द्र न्यौपाने र महासंघका केन्द्रीय संयोजक जितेन्द्र दाहाल लगाएतको अतिथ्यता रहेको थियो ।

अतिथिहरुले भेलाको सफालताको शुभकामना दिदै दलाल नोकरशाही पुँजीपति एवं सामन्त वर्गको राज्यसत्ता र संसदीय व्यवस्थालाई परास्त गर्नको लागि सबै वर्ग समुदायको सक्रिय भुमिका रहनु पर्नेमा जोड दिनुभयो । यो अभियानमा राष्ट्रिय उद्योगी, व्यापारी एवं व्यवसायीहरुलाई संगठित गरी दलाल एवं नोकरशाही पुँजीलाई निरुत्साहित गर्दै राष्ट्रिय तथा औधोगिक पुँजीको विकास गरेर मात्र स्वतन्त्र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने धारण राखनु भएको थियो ।

उक्त भेलाले आगामी जेठ पहिलो साता भित्र नै प्रदेशका सबै जिल्लाहरुमा महासंघ निर्माण गर्नुका साथै स्थानीय तह सम्म संगठन विस्तार गर्दै आगामी राष्ट्रिय भेलाका तयारीका कामहरूमा महत्त्वपूर्ण भूमिका खेल्ने निर्णय पनि गरेको छ ।

You might also like
Loading...