बाँकेमा पुनः एक साता लकडाउन घोषणा

0 416

बाँके । बाँके जिल्लामा वैशाख ९ गतेदेखि एक हप्तासम्म लकडाउन गर्ने निर्णय भएको छ। मंगलबार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसि उक्त निर्णय गरेको हो।

प्रमुख जिल्लाअधिकारी गेलालले बाँके जिल्लामा पछिल्लो समय कोरोनाको संक्रमण उच्च भएको छ र यसको न्युनिकरण गर्न लकडाउन गर्नुको विकल्प नभएको बताएका छन।

बाँकेमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । पहिलो चरणमा एक हप्ता मात्रै लकडाउन हुने प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिएका छन ।खाद्यान्न,अौषधि पसल लगाएतका अति-आवश्यक सामानका पसल बाहेक सबै क्षेत्र पुर्णतया बन्द हुने सो बैठकले गरेको निर्णयमा उल्लेख गरिएको छ ।

You might also like
Loading...